back
CTIZAN AD

कङ्गोमा तेल ट्याङ्कर दुर्घटनापछि आगलागी, ५० जनाको मृत्यु

वि.सं.२०७५ असोज २१ आइतवार

681 

shares

२१ असोज, किन्सासा । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्यक्षेत्रको एमबुजा ग्रामिण इलाकामा एउटा तेल ट्याङ्कर दुर्घटनापछि भएको आगलागीमा परी कम्तीमा ५० जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन ।

दुर्घटनापछि ट्याङ्करबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्केको र नजिकैको गाउँमा फैलिँदा ५० जनाको मृत्यु भएको, दर्जनौ मानिस घाइते भएका र ठूलो धनराशी बराबरको भौतिक सम्पत्तीको क्षति भएको एमबुजा क्षेत्रका गभर्नर अतु मतुबौनाले पुष्टि गरे ।

पेट्रोलियम पदार्थ लिएर मातडीबाट किन्सासा गइरहेको ट्याङ्कर बाटोमा रोकेर राखिएको ट्रकमा ठक्कर खाएको थियो । घटनास्थलमा घाइते व्यक्तिलाई उद्धार गरी नजिकैका अस्पतालमा पठाइसकिएको गभर्नर मतुबौनाले बताए ।

वि.सं.२०७५ असोज २१ आइतवार १२:१७ मा प्रकाशित

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

विश्वभरी बढ्दो तनाबबीच शान्ति स्थापनामा संयुक्त राष्ट्रसङ्घको जोड

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले विश्वभर बढ्दो द्वन्द्व, राजनीतिक अस्थिरता तथा...

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...