back
CTIZAN AD

एक डिएसपीले टिभी खरिदमा घुस मागेको रहस्य खुल्यो !

वि.सं.२०७५ असोज २१ आइतवार

540 

shares

 


२१ असोज, काठमाडौँ  । महानगरीय प्रहरी वृत्त, बौद्धका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले सेवाग्राहीसँग एक कम्पनीको टिभी खरिद गरी ल्याइदिन एक सेवाग्राहीसँग पटकपटक घुस मागेको रहस्य खुलेको छ ।

आयोगका प्रवक्ता रामेश्वर दङ्गालका अनुसार टिभी गरिद गरी ल्याइदिन र त्यसको बिलवापतको रकम भुक्तानी गरिदिन भनेको अनुसन्धानका क्रममा खुलेको हो । प्रहरी उपरीक्षक राईले टिभी खरिदबापतको बिलको भुक्तानी दिन सेवाग्राहीलाई पटकपटक फोन गरी घुस माग गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगले शनिबार साँझ ८ बजे राईलाई महानगरीय वृत्त बौद्धको कार्यालयबाटै रु एक लाख ४० हजार घुससहित पक्राउ गरेको थियो । यस्तै आयोगले आज नापी कार्यालय बूढानीलकण्ठमा कार्यरत नापी सर्वेक्षक सुरेन्द्रसिंह कुवँरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जग्गा हालसाविक गर्ने प्रयोजनका लागि आलटाल गरी विभिन्न बहानामा सेवाग्राहीसँग रु २५ हजार घुस माग्दामाग्दै गरेको अभियोगमा आयोगले केही दिन पहिले उनलाई पक्राउ गरेको थियो । आयोगले नापी सर्वेक्षक कुँवरविरुद्ध रु २५ हजार बिगो कायम गरी कैद सजायको माग गरेको छ ।

यस्तै आयोगले महानगरीय प्रहरी प्रभाग, काँडाघारीमा कार्यरत प्रहरी जवान मानसिहं रोका र प्रहरी जवान रत्नप्रसाद रिजालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बालुवा व्यवसायीसँग रु पाँच हजार घुस मागेको अभियोग उनीहरुमाथि लागेको छ ।

यस्तै आयोगले साविक जिल्ला विकास समितिको कार्यालय रुपन्देहीअन्तर्गत गजेडी गाउँ विकास समितिमा सचिव पदमा कार्यरत तत्कालीन शाखा अधिकृत राजकुमार श्रेष्ठ र कुञ्जी प्वाकल माध्यमिक विद्यालय, काठमाडौँका शिक्षक लक्ष्मण सापकोटाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

 

वि.सं.२०७५ असोज २१ आइतवार १८:५० मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...