back
CTIZAN AD

एसपी विष्ट र बम दिदीबहिनीमाथि पुनः छानबिन गर्न आयोगको निर्देशन

वि.सं.२०७५ असोज २२ सोमवार

576 

shares

२२ असोज, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीमाथि पुनस् छानबिन गर्न आइतबार सरकारलाई निर्देशन दिएको छ ।

कञ्चनपुर पुगेर घटनाको स्थलगत अध्ययन गरेको मानव अधिकार आयोगको टोलीले तयार पारेको प्रतिवेदनका आधारमा आयोगले सरकारलाई विष्ट र बम दिदीबहिनीमाथि पुनः छानबिन गर्नुपर्नेलगायत ८ बुँदे निर्देशन दिएको हो ।

प्रतिवेदनमा निर्मलाकी आमाले हारगुहार गर्दासमेत प्रहरीले खोजीमा तत्परता नदेखाएको तथा शव भेटिएपछि पनि प्रमाणको संरक्षण गर्नुको साटो नष्ट गरेको पाइएको उल्लेख छ ।

‘तत्कालीन जिल्ला प्रहरी प्रमुख विष्ट घटनास्थलमा आफैं उपस्थित भई आवश्यक सूचना प्रवाह तथा समन्वय गरेको नपाइएकाले उनीमाथि थप अनुसन्धान गर्नुपर्ने देखिएको’ आयोगले सरकारलाई दिएको निर्देशनमा उल्लेख छ । कान्तिपुर दैनिकमा समाचार छ ।

वि.सं.२०७५ असोज २२ सोमवार ०७:५६ मा प्रकाशित

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

आजको मौसम विवरण : पहाडमा मध्यम वर्षा, तराईमा तातो हावा

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...