back
CTIZAN AD

साउदी अरब सरकारका आलोचक पत्रकार खसोग्गी मारिएको दावी

वि.सं.२०७५ असोज २२ सोमवार

729 

shares

२२ असोज, इस्तानबुल ।  साउदी अरब सरकारको कटु आलोचक रहेका पत्रकार जमाल खसोग्गीको इस्तानबुलस्थित साउदी अरबको बाणिज्य दूतावासमा ‘हत्या’ गरिएको सञ्चारकर्मी तुरान किस्लास्कीले बताएका छन् ।

टर्किस–अरब मेडिया एसोसिएसनका प्रमुखसमेत रहेका किस्लाकीले एपीसँग भने “महाबाणिज्य दूतावासका अधिकारीहरूले साथी खसोग्गीको अन्त्येष्टिको तयारी गर्न भनेका छन् ।”

साउदी राजकुमार मोहम्मद बिन सलमानका कतिपय नीतिको प्रखर आलोचक खशोग्गी अमेरिकामा निर्वासनमा बस्दै आएका थिए । साउदी सरकारका स्थापित आलोचक खशोग्गी खासगरी साउदी राजकुमार मोहम्मद बिन सलमान नेतृत्वको सुधार योजनाको आलोचक रहिआउनु भएको थियो ।

विवाह दर्ताका लागि गर्नुपर्ने कागजी कामका लागि खशोग्गी वाणिज्य दूतावास गएको तर मङ्गलबार वेपत्ता हुनुभएको थियो ।

खशोग्गीसँग बिहेको छिनोफानो भइसकेकी महिला पनि उहाँसँगै वाणिज्य दूतावास गएपनि उहाँलाई कार्यालयभित्र छिर्न नदिइएको बताइएको छ ।

खसोग्गीले इस्लामावादमा रहेर वासिङ्टन पोष्टका लागि पनि रिपोर्टिङ गर्दै आउनुभएको थियो । खशोग्गीका रोजगारदातामध्येका एक वाशिङटन पोस्टले उनको हत्या गरिएको सत्य भए त्यो जघन्य अपराध हुने र दोषीलाई दण्डित गर्नुपर्ने जनाएको छ ।

महाबाणिज्यदूतावासका अधिकारीहरूले पत्रकार खसोग्गीको बर्बरतापूर्ण रूपमा हत्या गरेको आफुहरूले थाहा पाएको बताए ।

तर साउदी अरबका अधिकारीहरूले भने खसोग्गीको हत्या भएको भन्ने सूचना आधारहीन भएको दावी गरेका छन् ।

टर्कीका सुरक्षा अधिकारीले खसोग्गीलाई अमेरिकी समाचार संस्था एपीसँगको कुराकानीमा साउदी अरबको महाबाणिज्य दूतावासमा मारिएको दावी गरे । तर एक अर्का अधिकारीले अप्रत्यक्ष रूपमा भने पत्रकार मारिएको कुरा ‘उच्च सम्भावना’ मात्र भएको बताए ।

घटनाबारे अनुसन्धान जारी रहेकाले यसबारे तथ्य छिट्टै बाहिर आउने भन्दै आफ्नो नाम सार्वजनिक नगर्न टर्कीका दुबै अधिकारीले अनुरोध गरेका थिए ।

वि.सं.२०७५ असोज २२ सोमवार ०९:५६ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...