back
CTIZAN AD

बिद्रोही भन्छन्–केही दिनभित्र ‘वफर जोन’बाट हतियार हटाउछौँ

वि.सं.२०७५ असोज २२ सोमवार

681 

shares

२२ असोज, अलेइस । टर्कीको सहयोगप्राप्त सिरियाली विद्रोहीले उत्तरपश्चिमी क्षेत्रमा बनाइन लागेको हतियार निशेधित क्षेत्र ‘वफर जोन’बाट शक्तिशाली (ठूला) हतियार हटाउन सहमत भएको जनाएको छ ।

सिरियाली सरकारले उक्त क्षेत्रमा आक्रमण गर्ने तयारी गरिरहँदा विद्रोही पक्षको नियन्त्रणमा रहेको एकमात्र सिरियाली भूमिमा ठूलो रक्तपात हुनसक्ने भन्दै इरान, रूस तथा टर्कीको पहलमा वफर जोन बनाएर अतिआवश्यक मानवीय सहायतालाई पठाउन उक्त सहमति भएको हो ।

गत सेप्टेम्बर १७ मा भएको सहमति अनुसार नेशनल लिवरेशन फ्रन्ट (एनएलवी) ले आइतबारदेखि ठूला हतियार वफर जोनबाट सार्न शुरु गरेकोे हो । विद्रोहीको नियन्त्रणमा रहेको भूगोल र सरकारी नियन्त्रणमा रहेको करिब १५ देखि २० किलोमिटरको क्षेत्रलाई वफर जोन बनाइने सहमति भएको छ ।

विद्रोहीले इदलिब, एलेप्पो र हामा क्षेत्रबाट आफ्ना ठूला हतियारलाई आगामी बुधबारसम्म सारिसक्नुपर्नेछ भने आगामी अक्टोबर १५ सम्म सशस्त्र समूहले उक्त क्षेत्रबाट पछि हट्नुपर्ने सहमति विद्रोहीले गरेको एनएलएफका प्रवक्ता नाजी मुस्तफाले पुष्टि गरे ।

वि.सं.२०७५ असोज २२ सोमवार १०:०१ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...