back
CTIZAN AD

नेविसङ्घमा ३२ वर्षे उमेर हद पारित,१२ औँ महाधिवेशन गर्ने बाटो खुल्यो

वि.सं.२०७५ असोज २२ सोमवार

1.4K 

shares

२२ असोज, काठमाडौँ । नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमा ३२ वर्षे उमेर हद लाग्ने भएको छ ।

आइतबार राति सम्पन्न काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले ३२ वर्षे उमेर सम्बन्धी सो व्यवस्था कायम रहने सङ्घको विधानको व्यवस्था पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । नेविसङ्घमा ३२ वर्षे उमेर हदको व्यवस्था ११ औँ महाधिवेशनदेखि कायम छ । नेविसङ्घमा प्रमुख विवादका रूपमा देखिएको सो व्यवस्था टुङ्गिएसँगै सङ्घको १२ औँ महाधिवेशन गर्ने बाटो खुलेको छ । नेविसङ्घको वर्तमान कार्यसमितिको कार्यकाल गत भदौमा समाप्त भई तीन महीना समयावधि थपिएको छ । काङ्ग्रेसमा संस्थापन पक्षको कायम राख्नुपर्ने र संस्थापन इतर पक्षको उमेर सम्बन्धी सो व्यवस्था हटाउनुपर्छ भन्ने अडान थियो ।

बैठकले सङ्घको विधानको उक्त व्यवस्था पारित गरेपछि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायत नेताले निर्णयप्रति असहमति जनाएका छन् । सङ्घको संशोधित विधानबारेमा काङ्ग्रेसको आगामी असोज २५ गते बस्ने बैठकमा थप छलफल गरी पारित हुने प्रवक्ता शर्माले जानकारी दिए ।

दिउँसो ३ बजेदेखि राति झण्डै ११ बजेसम्म बसेको बैठकले अन्य समसामयिक जनजीविकाका विषयमा समेत निर्णय गरेको छ । बैठकले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रक्रियामा देखिएको अनियमितताका सम्बन्धमा भइरहेको छानबिनलाई शीघ्र टुङ्गोमा पु¥याई दोषीलाई कानूनी कारवाही गर्न माग गर्ने निर्णय गरेको छ ।

काङ्ग्रेसले बूढीगण्डकी जलविद्युत् आयोजनाका सम्बन्धमा काङ्ग्रेस नेतृत्वको तत्कालीन सरकारको पालामा गठित समितिले गरेको अध्ययन प्रतिवेदनका आधारमा स्वदेशी पूँजीमै बनाउनुपर्ने माग गरेको छ । बैठकले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने माग गर्दै आवश्यकभन्दा अन्य रुख कटानको प्रस्तावमा भने विमति जनाएको उनले जानकारी दिए ।

मुलुकभर महिला हिंसा र बलात्कारका घटना बढ्दै गएको प्रति चिन्ता व्यक्त गर्दै शान्ति, सुरक्षा सुदृढ बनाउन बैठकले सरकारसँग माग गरेको छ । महत्वपूर्ण चाडपर्वको मुखमा बजारमा चर्को मूल्यवृद्धि भएको भन्दै काङ्ग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । यस सम्बन्धमा काङ्ग्रेसले ७७ जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने प्रस्तावसमेत पारित गरेको छ ।

वि.सं.२०७५ असोज २२ सोमवार १२:१५ मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...