back
CTIZAN AD

प्रदेशको राजधानी तिहारपछि टुङ्गिने

वि.सं.२०७५ असोज २४ बुधवार

606 

shares

२४ असोज, काठमाडौँ । प्रदेश नं ३ प्रदेशसभामा गत आइतबार राजधानी विषयले प्रवेश पाएपछि अब तिहारपछि घोषणा गरिने सम्भावना बढेको छ ।
संसद्मा स्थायी राजधानी तोक्ने विषय प्रवेश गरेपछि प्रदेशसभा सदस्यले आफू निर्वाचित जिल्ला तथा त्यस वरपरका क्षेत्रमा राजधानी घोषणा गराउनका लागि आवश्यक बहुमत जुटाउन दलगत स्वार्थभन्दा माथि फरक चिन्तन तथा परिवेशका नेताबीच सहकार्य शुरु भएको छ ।

गत वैशाखमा प्रदेशसभा सदस्य दीपक निरौलाको संयोजकत्वमा गठित सम्भाव्यता अध्ययन विशेष समितिले यस प्रदेशका १३ जिल्लामध्ये पाँच जिल्ला उपयुक्त हुने प्रतिवेदन तयार गरेको थियो । तिनमा भक्तपुर, काभे्रपलाञ्चोक, नुवाकोट, मकवानपुर र चितवन जिल्ला प्रस्तावित छन् ।

पूर्वाधारको विकास, हावापानी, सडक सञ्जाल, क्षेत्रफल, आवतजावतको सुगमतालगायत विषयलाई आधार मानेर प्रदेशसभाले सकेसम्म सहमतिमा नभए दुई तिहाइ बहुमतबाट निर्णय लिनेछ ।

उक्त कार्यदलले गत असारको तेस्रो हप्तामा अध्ययन सकेर प्रतिवेदन सभालाई बुझाएको भए पनि अहिलेसम्म विभिन्न प्राविधिक कारणले राजधानीको टुङ्गो लगाउन छलफल भएको थिएन । यी पाँच जिल्लामध्येबाट नै राजधानी तोक्ने लगभग निश्चित भएको समिति सदस्य वसन्त मानन्धरले जानकारी दिनुभयो । कूल ११० सदस्य भएको प्रदेशसभामा ७३ सदस्यको निर्णय दुई तिहाइ हुनेछ ।

नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य नरोत्तम वैद्यले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले अस्थायी मुकाम तोकेको मकवानपुरका पक्षमा मतदान गर्नुपर्ने बाध्यता आफूहरुलाई रहेको बताउँदै स्वतन्त्रतापूर्वक मतदान गर्न दिएमा आफूले काभ्रेपलाञ्चोकमा मतदान गर्ने विचार व्यक्त गरे ।

सो विषयमा निर्णय लिनका लागि मतदान तीन प्रकारले हुनेछ । ध्वनि मतदानबाट हात उठाएर, हुन्छ र हुन्न भन्ने पक्ष परक फरक ढोकाबाट प्रवेश गरेर मतदान र विद्युतीय मतदान गरिने छ । विद्युतीय मतदान प्रक्रियामा स्वतन्त्र मत खसाल्न पाइए पनि त्यसबाहेकका अन्य दुई प्रक्रियामा पार्टीको निर्देशन बाहिर जान नसकिने हुन्छ । संविधानले नै प्रदेशको राजधानी तोक्ने र नामकरण गर्ने कार्य प्रदेशसभालाई जिम्मा दिएको समिति सदस्य मानन्धरले बताए ।

वि.सं.२०७५ असोज २४ बुधवार १७:४८ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...