back

प्रदेश योजना आयोग गठन गरिने

वि.सं.२०७५ असोज २४ बुधवार

381 

shares
GLOBAL IME AD
NTC AD

 

२४ असोज, विराटनगर । प्रदेश नं १ मुख्यमन्त्री शेरधन राईले प्रदेशको योजनाबद्ध विकासका लागि प्रदेश योजना आयोग गठन गर्ने बताउनुभएको छ । बताएका छन् ।

राष्ट्रिय योजना आयोगद्वारा आज यहाँ आयोजित दिगो विकास लक्ष्य मैत्री योजना, अनुगमन, मूल्याङ्कन तथा तथ्याङ्कसम्बन्धी प्रदेशस्तरीय क्षमता विकास कार्यक्रममा उनले प्रदेश सरकारले यस सम्बन्धमा विज्ञसँग छलफल गरेको र अद्यावधिक विकास योजनासम्बन्धी बैठकको निर्णय केही दिनमा सार्वजनिक गरिने बताए ।

त्यसमा समग्र विकास योजनाको अवधारणा तर्जुमा, अद्यावधिक योजना तर्जुमा प्रक्रिया र सोको व्यावहारिक अभ्यास गर्ने, सङ्घ प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध तथा सामञ्जस्यता कायम गर्ने, मध्यमकालीन खर्च संरचनाको अवधारणा तथा प्रदेशस्तरमा सोको तर्जुमा सम्बन्धी ज्ञान तथा सीप प्रदान गर्नेलगायतका विषय समेटिनेछ ।

दिगो विकास लक्ष्य नेपालको वर्तमान अवस्था, सङ्घ, प्रदेश र स्थानीय तहमा सूचकको उपलब्धता तथा सोको आन्तरिकीकरण तथा स्थानीयकरण गर्ने, समग्र विकास प्रक्रियाको अनुगमन तथा मूल्याङ्कलन सम्बन्धी अवधाराणा तथा प्रदेश तहमा यसको प्रयोग सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान, योजनाबद्ध विकासका लागि तथ्याङ्कको महत्व आवश्यक, उपलब्धता र प्रयोगबारे जानकारी प्रदान गर्नु सो कार्यक्रमको उद्देश्य छ ।

मुख्यमन्त्री राईले विराट बृहत् क्षेत्र निर्माण गरी छ तथा चार लेनको सडक निर्माण, स्मार्ट, स्याटलाइ र स्पोर्टस सिटी, औद्योगिक विकास क्षेत्रलगायत निर्माण कार्य गर्न प्रदेश सरकारले कार्य गरिरहेको बताए ।

उनले कृषि, पर्यटन, निकासीमुलुक उद्योग, जलस्रोत आदिमा पाँचदेखि दश वर्षभित्र योजनाबद्ध ढङ्गले प्रदेशको विकास गर्न विज्ञ छफलफल गरी यस क्षेत्रका जनतालाई रोजगारी, आर्थिक उन्नति र वैदशिक व्यापार घाटा न्यूनका लागि सरकारले कार्य गरिरहेको बताए ।

मुख्यमन्त्री राईले विकासका लागि विश्वसनीय तथ्याङ्क आवश्यक भएको बताउँदै सोहीअनुसार प्रदेश सरकारले विकासका पूर्वाधार निर्माणमा कार्य गरिरहेको धारणा व्यक्त गरे ।

प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले राजनीतिक स्थायित्व कायम भएकाले जनताले विकासको अनुभूति प्राप्त गर्ने बताए । उनले वर्तमान अवस्थामा सङ्घीय र प्रदेश सरकार दुई तिहाइ भएकाले समग्र मुलुकमा विकास निर्माण कार्यले गति लिई जनताको आर्थिक वृद्धि कायम हुने विश्वास व्यक्त गरे ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले तीन तहको योजना समेटर कार्य गरेमा राष्ट्रिय लक्ष्य प्राप्त हुने बताए । उनले सुःखी नेपाली नेपालको सोचअनुसार आयोगले दीर्घकालीन नीति लिई कार्य अगाडि बढाएको जानकारी दिए ।

प्रदेश निमित्त प्रमुख सचिव यज्ञबहादुर खत्री, राष्ट्रिय योजन आयोगका सचिव नरेशकुमार चापागाईं र सदस्य कृष्णप्रसाद ओलीले दिगो विकासको लक्ष्य प्राप्त गर्न वातावरण प्रदूषण रोक्न अहिलेदेखि कार्य गर्नुपर्ने, तीन तहको सरकार एकजुट भई कार्य गरेमा विकास लक्ष्य प्राप्त हुने विचार व्यक्त गरे ।

कार्यक्रममा प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री इन्दबहादुर आङ्वो, सामाजिक विकासमन्त्री जीवन घिमिरे र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतको पनि सहभागिता थियो ।

दुई दिने कार्यक्रममा प्रदेश प्रमुख कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विषय क्षेत्रगत मन्त्रालयका सचिव, प्रदेशसभाका महासचिव, प्रदेश कोष नियन्त्रक कार्यालयका प्रमुख एवं योजना तर्जुमा सम्बन्धी उपसचिव तथा अधिकृत गरी ३५ जनाको सो कार्यक्रममा सहभागिता थियो ।

 

वि.सं.२०७५ असोज २४ बुधवार १७:५२ मा प्रकाशित

काठमाडौँ महानगरको कार्यसम्पादन कमजोर

काठमाडौँ महानगरको कार्यसम्पादन कमजोर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यसम्पादन मूल्याङ्कन जिल्लाभरकै कमजोर पाइएको छ...

निजामतीसरह शिक्षकलाई सुविधा दिँदा शिक्षा गुणस्तर हुन्छ : देवेन्द्र पौडेल

निजामतीसरह शिक्षकलाई सुविधा दिँदा शिक्षा गुणस्तर हुन्छ : देवेन्द्र पौडेल

बागलुङ । नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले विद्यार्थी...

सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्ध छौँ । उद्योगमन्त्री

सूचना प्रविधिलाई लगानीको प्रमुख गन्तव्यका रुपमा विकास गर्न प्रतिबद्ध छौँ । उद्योगमन्त्री

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार...

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनको आधारमा गण्डकी प्रदेशमै...

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु...

पर्वतमा द क्लिफमा मेगाट्रोल सञ्चालन

पर्वतमा द क्लिफमा मेगाट्रोल सञ्चालन

पर्वत । कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’...