back

रसिया लगेर काम लगाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

वि.सं.२०७५ असोज २४ बुधवार

324 

shares
GLOBAL IME AD
NTC AD

२४ असोज, काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रसिया लगेर काम लगाइदिन्छु भन्दै गठी गर्ने तीनलाई आज पक्राउ गरेको छ ।

रसियाको अर्गानिक कृषि फर्ममा कामदार चाहिने भनेर प्रतिमहिना रु एक हजार अमेरिकी डलर तलब पाइन्छ भन्दै पेश्कीस्वरुप प्रतिव्यक्ति रु एक लाखदेखि दुई लाख लिई ठगी गरेको सूचनाका आधारमा ब्यूरोले तीन जनालाई पक्राउ गरेको हो ।

हालसम्म ३९ पीडितबाट रु ४५ लाख ११ हजार बढी रकम लिएको उजुरी प्राप्त भएको र थप जाहेरी आउने क्रम जारी रहेको ब्यूरोले जनाएको छ । पक्राउ पर्नेमा नुवाकोटका राजु तामाङ, ललितपुरका ज्ञानगोविन्द वैध र सिन्धुपाल्चोकका जगतबहादुर श्रेष्ठ छन् । उनीहरुले ४०–४५ व्यक्तिसँग रकम र राहदानी सङ्कलन गरिसकेको खुल्न आएको छ । उनीहरुविरुद्ध आजै काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

वि.सं.२०७५ असोज २४ बुधवार १७:५५ मा प्रकाशित

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

भ्रष्टाचारसम्बन्धी अनुसन्धान प्रक्रियालाई आधुनिकीकरण गर्दै लैजानुपर्नेमा राष्ट्रपतिको जोड

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारको प्रकृति र स्वरूपमा परिवर्तन...

आज अन्तरराष्ट्रिय दाल दिवस

आज अन्तरराष्ट्रिय दाल दिवस

काठमाडौं । आज अन्तरराष्ट्रिय दाल दिवस हो भने अरबी चितुवा...

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

बालक अपहरण गर्ने विदेशी नागरिक कलंकीबाट पक्राउ

काठमाडौँ । बालक अपहरण गरी बन्धक बनाउने कार्यमा संलग्न रहेको...

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । ओखलढुंगामा १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा...

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने...

वालिङमा महिलालाई बीउ पाठी उपहार

वालिङमा महिलालाई बीउ पाठी उपहार

काठमाडौँँ । स्याङ्जाको वालिङ नगरपालिका–५ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको...