
२४ असोज, रोल्पा । किशोरीमाथि बलात्कारका घटना दिन प्रतिदिन बढीरहेका बेला प्रतिरक्षाका लागि सदरमुकाम लिवाङमा तालीम सञ्चालन गरिएको छ ।
अन्तर्राष्ट्रिय किशोरी दिवसका अवसरमा जिल्लाका विभिन्न वडाका ४० किशोरीको सहभागिता रहेको सो तालीमका सहभागीलाई प्रशिक्षकको रुपमा गाउँ÷गाउँमा गएर सीप हस्तान्तरण गर्ने बताइएको छ । तालीममा तेक्वान्डो र जुडो सम्बन्धी आधारभूत सीप हस्तान्तरण गरिने छ । आकस्मिक रुपमा हुने घटनामा आत्मरक्षा कसरी गर्ने भन्ने विषयमा आफूहरुले सहजीकरण गरिरहेको तेक्वान्दो प्रशिक्षक लोकेन्द्र सेनले जानकारी दिए ।
नेपाली सेनाको खड्क दल गण र जिल्ला तेक्वान्दो महासङ्घको सहजीकरणमा तालीम सञ्चालन गरिएको बताइएको छ । तालीममा दुब्रिड, दुविडाँडा, राङ्सी, राङ्कोट, कोटगाउँ, खुमेल, खुङ्ग्री र लिवाङका किशोरी सहभागी छन् ।
वि.सं.२०७५ असोज २४ बुधवार १७:५८ मा प्रकाशित