२५ असोज, काठमाडौं । बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिफ रहमान सहित ९ जनालाई आजन्म कैद र अन्य १९ जनालाई मृत्युदण्ड सुनाएको छ ।
सन् २००४ को चुनावी र्यालीमा ग्रिनेड आक्रमणमा २८ जनालाई दोषि ठहर गर्दै यस्तो सजाय सुनाइएको ऐजेन्सीलाई उद्धृत गर्दै आजको कान्तिपुर दैनिकमा समाचार छ ।
मृत्युदण्डको सजाय पाउनेमा पुर्वगृह राज्यामन्त्री लुत्फो जमान, बाबर तथा पूर्वशिक्षा राज्यमन्त्री अब्दुस सलाम पिन्टुसहित छन् । ढाकास्थित फास्टट्रयाक ट्रिब्युनले जन्मकैद सुनाइएका खालिदा जियाका छोरा रहमान सन् २००८ देखि बेलायतमा निर्वासनमा छन् । कानुनमन्त्री अनिसुल हकले रहमानलाई पनि मृत्युदण्ड माग राख्दै उच्च अदालत जाने बताएका छन् ।
वि.सं.२०७५ असोज २५ बिहीवार ०७:३८ मा प्रकाशित