back
CTIZAN AD

लाङ्टाङ तथा गोसाइँकुण्ड पदयात्रामा जाने पर्यटक वृद्धि

वि.सं.२०७५ असोज २५ बिहीवार

696 

shares

२५ असोज, रसुवा । लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रको पदयात्राका लागि पर्यटकको आगमनमा वृद्धि हुन थालेको छ ।
लाङ्टाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत शिव गैह्रेका अनुसार साउन र भदौ वर्षा ऋतुमा ६५५ पर्यटक आएकामा शरद् ऋतुमा दैनिक ९०–१०० जना आएका छन् । पर्यटकको आगमनले स्थानीयस्तरमा चहलपहलसमेत बढ्न थालेको बताइएको छ ।
पर्यटकको आगमनले निकुञ्जको प्रवेश शुल्कवापत पर्यटकबाट मूल्य अभिवृद्धि करसमेत करीब रु ७० लाख राजस्व सङ्कलन भइसकेको लाङ्टाङ राष्ट्रिय निकुन्ज कार्यालयले जनाएको छ ।

नेदरल्याण्ड्स, अष्टे«लिया, बेलायत, स्विट्जरल्याण्ड, जर्मनी, फ्रान्स, इजरायल, दक्षिण कोरिया, अमेरिकालगायत देशका पर्यटकको आगमन भरहेको छ । गत वर्ष यस अवधिमा दुई हजार ९७८ पर्यटक आएका थिए भने यस वर्षको असोजभरमा करीब तीन हजार ५०० पर्यटक आउने अनुमान गरिएको निकुञ्ज प्राविधिक रमेश बस्नेतले बताए ।

गत वर्ष एक आर्थिक वर्षभर १३ हजार ७८९ विदेशी पर्यटकको आगमन भएको जनाइएको छ । पर्यटकहरू लाङ्टाङ क्षेत्रको मनमोहक दृश्य, गोसाइँकुण्ड एवं स्थानीय कला, संस्कृति, वेशभूषा, अवलोकन गरी फर्कने गरेको स्थानीय व्यवसायीले बताएका छन् ।

स्याफ्रुबेंसीबाट एउटा मार्ग खाम्जिङ, शेर्पागाउँ र अर्काे मार्ग खोलाको तीरैतीर जाने भएको बताउँदै घोडा तबेलाका पर्यटन व्यवसायी ढिण्डुप तामाङले स्याफ्रुबाट पर्यटक हिँडेपछि एक दिन लामा होटल र अर्काे दिन समुद्री सतहदेखि तीन हजार ९०० मिटर उचाइको क्याङ्जिन पुग्ने गरेका छन् । पर्यटकले क्याङ्जेनबाट दिनहुँ अग्लो स्थानको अवलोकन गर्ने गरेका छन् । क्याङ्जेन पुगेका पर्यटकको बसाइ कम्तीमा तीन दिन हुने भएका कारण पर्यटकीय होटल व्यवसायीले यामअनुसार मनग्य आम्दानी गर्ने गरेको बताइएको छ ।

एउटा पर्यटकले खानपिनमा कम्तीमा रु दुई हजार खर्च गर्छन् । व्यवसायीको सेवाले घरमै बसेर मनग्य आम्दानीको वातावरण सिर्जना भइसकेको लाङ्टाङ पुनःनिर्माण एवं व्यवस्थापन समितिका अध्यक्ष तेम्बा लामाले बताए ।

विसं २०७२ को भूकम्प जाँदा हिमाली पर्यटकीय स्थानको पूरै क्षेत्र मानवविहीन हुन पुगेको अवस्थामा दाताको सहयोग र स्थानीय बासिन्दाको मेहनतबाट अहिले लाङटाङ क्षेत्रको पुनःनिर्माण भई सुधारोन्मुख भएको छ । होटल लज निर्माण भएको, कादुर संस्थाको सहयोगबाट १०० किलोवाट क्षमताको विद्युत् उत्पादन भई वितरण भैसकेको छ । होटेल लजमा आएका पाहुनालाई नुहाउन तातोपानीको समेत व्यवस्था छ । उच्च हिमाली पर्यटकीय क्षेत्र लाङ्टाङको क्याङ्जेन सुदृढ भैसकेकाले अब ५०० भन्दा बढी पर्यटकले त्यस क्षेत्रमा बास लिन सहज हुने स्थानीय व्यवसायी नेरुप तामाङले जानकारी दिए ।

ठूलोस्याफ्रु क्षेत्रमा समेत पर्यटकको चहलपहल ह्वातै बढेको ठूलोस्याफ्रुका तेम्बा लामा(भूकम्प लामा)ले बताए । धुञ्चेतर्फबाट गोसाइँकुण्ड जाँदा एक रात चन्दनबारी र अर्को दिन १४ हजार १०० फिटको उचाइमा अवस्थित गोसाइँकुण्डमा पर्यटक पुग्ने गरेको चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाले जानकारी दिए ।

तामाङ सम्पदा मार्गअन्तर्गत गोल्जुङ, गत्लाङ, चिलिमेको पुरानो तातोपानी, नागथली, थुमन, टिमुरेको खैदी हुँदै बृद्धिमसम्मको क्षेत्रमा समेत पर्यटक फटफुट रूपमा जाने गरेका छन् । पर्यटकको सेवावाट केही हदसम्म आय आर्जनमा टेवा पुगेको चिलिमेका रामबहादुर तमाङले बताए ।

वि.सं.२०७५ असोज २५ बिहीवार ०९:१७ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

गण्डकी । प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि...

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’  हुँदै, ४५ देशका सेफ दमक आउदै

दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ हुँदै, ४५ देशका सेफ दमक आउदै

दमक । नेपाली सेफहरूको व्यावसायिक दक्षता अभिवृद्धि र मौलिक नेपाली...

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

रैथाने खानाको प्रवर्द्धनमा सेफ गजुरेललाई पाककला गौरव सम्मान

नुवाकोट ।  नेपाली पाककला क्षेत्रका अग्रणी व्यक्तित्व सेफ मोहन बहादुर...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...