back
CTIZAN AD

सहरमा तरकारीको मूल्यले आकास नाघ्यो, गाउँमा किसानले भाउ पाएनन्

वि.सं.२०७५ असोज २६ शुक्रवार

588 

shares

२६ असोज, लमही । उत्पादन भएको तरकारीले बजार नपाउँदा लमहीका किसान चिन्तित छन् । तरकारीले उचित बजार र मूल्य नपाउँदा उत्पादन भएका तरकारी सस्तोमा बेच्न उनीहरू बाध्य छन् ।

अहिले तीतेकरेला प्रतिकिलो रु पाँचदेखि १०, काँक्रा प्रतिकिलो रु १० देखि १५, लौका प्रतिकिलो रु ५ देखि १०, बोडी प्रतिकिलो रु १५ देखि २०मा बेच्नु परेको लमही नगरपालिका–७ घुम्नाकी गौरी कुमालले बताए ।

सस्तोमा तरकारी बेच्दा उत्पादनमा लाग्ने खर्च पनि नउठ्ने उनको भनाइ थियो । “हामीले धेरै परीश्रम गरी तरकारी उत्पादन गरेका हुन्छौ” कृषक कुमालले भने, “तर सस्तो मूल्यमा तरकारी बेच्दा उत्पादन गर्न लाग्ने खर्च पनि उठ्दैन ।”

त्यही तरकारी बेच्न बजारभर डुलाउनुपर्ने सोही ठाउँ निवासी अञ्जना चौधरीले बताए । तरकारी भण्डारण गर्ने तथा जिल्ला बाहिर ढुवानी गर्ने व्यवस्था नहुँदा अहिले त्यस क्षेत्रका सबै किसान मारमा परेका छन् । यो याममा लमहीमा हजारौं टन तरकारी उत्पादन हुने गर्छ । तर त्यो तरकारीले उचित बजार र मूल्य नपाउँदा किसान मारमा पर्नेगरेका हुन् ।
तरकारी व्यवसायी खुशीराम चौधरीले भने,“ हाम्रो तरकारीले बजार मूल्य नपाउने भएकाले बिचौलियाले घरमै आएर न्यून मूल्यमा तरकारी लिएर महँगोमा बेच्ने गरेका छन् ।”

तरकारी उत्पादनका लागि बीउ खरिद गर्न, सिँचाइ गर्न, तरकारीलाई गोडमेल गर्दा निकै दुःख खेप्नुपर्ने र उत्पादन गरिसकेपछि पनि बजार नपाउँदा आफूहरु दुखी भएको उनको भनाइ थियो । लमही क्षेत्रमा राम्रो तरकारी उत्पादन हुने भएकाले उत्पादन भएको तरकारीलाई भण्डारण र बजारीकरण गर्न स्थानीय सरकारले पहल गर्नुपर्नेमा व्यवसायी चौधरीले जोड दिएका छन् ।

यहाँ उत्पादित तरकारीलाई भण्डारण र बजारीकरण गर्न कानून बनाएर अघि बढ्ने लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताए । लमही तरकारीका लागि पकेट क्षेत्र भएकाले कृषिबाटै लमही नगरपालिकालाई समृद्ध बनाउन सकिने हुँदा त्यसका लागि शीत भण्डार र बाहिरी जिल्लामा ढुवानीको व्यवस्था गर्न कानून बनाएर अघि बढ्ने उनको भनाइ थियो ।

लमहीमा सामूहिक रुपमा पनि तरकारीखेती हुँदै आएको छ । त्यहाँका नागरिक तरकारी खेतीमै निर्भर छन् । सिँचाइको सहज सुविधा भएकाले पनि त्यहाँ राम्रो तरकारी उत्पादन हुनेगर्छ ।

वि.सं.२०७५ असोज २६ शुक्रवार १५:०४ मा प्रकाशित

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र...

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

वास्तविक सुकुमबासीलाई सरकारले जग्गाको व्यवस्थापन गर्छः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हाल ‘होल्डिङ सेन्टर’मा रहेका वास्तविक...

राष्ट्रियसभाको बैठक सुरु

राष्ट्रियसभाको बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक...

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना, तराईमा हुरी चल्ने चेतावनी

काठमाडौँ । उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय...

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

चालु आवको जेठसम्म लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको...

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

‘विश्वभर एक अर्ब ३० करोड मानिसद्धारा सुर्तीजन्य पदार्थको प्रयोग’

काठमाडौँ । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन्न देशमा...