back

क्यासिनो महाजोङ्गलाई सर्वोत्कृष्ट सम्मान

वि.सं.२०७५ असोज २६ शुक्रवार

267 

shares
GLOBAL IME AD
NTC AD

२६ असोज, काठमाडौँ । सोल्टी होटलको परिसरमा रहेको क्यासिनो महजोङ्गले सर्वोत्कृष्ट क्यासिनो सम्मान प्राप्त गरेको छ ।
भारतका पर्यटनमन्त्री केजे अल्फोन्स र संसदीय कार्य व्यवस्थामन्त्री विजय गोयलको प्रमुख आतिथ्यमा हालै भारत, नयाँ दिल्लीमा भएको समारोहमा क्यासिनो महाजोंगका प्रबन्ध निर्देशक विनोद श्रेष्ठका तर्फबाट कम्पनीका निर्देशक हेमन्त कक्षपति तथा महाप्रबन्धक अमूल्यविक्रम राणालाई उक्त सम्मान प्रदान गरिएको हो । पर्यटन तथा आतिथ्य उद्योगमध्ये सर्वोत्कृष्ट कम्पनीलाई प्रदान गरिने उक्त सम्मान प्रदान समारोहमा नेपाल पर्यटन बोर्डले पर्यटनसम्बन्धी वृत्तचित्र प्रस्तुत गरेको थियो ।
विसं २०६९ पुस १२ मा क्यासिनो महाजोङ्ग सोल्टी होटलको परिसरमा सञ्चालनमा आएको हो । क्यासिनो नियमावली २०७० बमोजिम रु २५ करोड चुक्ता शेयर पूँजी भएको महाजोङ्ग इन्टरटेन्मेण्ट प्रालि आफैँले क्यासिनो सञ्चालन इजाजत प्राप्त गरी २०७१ माघ २१ देखि सोल्टी होटलको परिसरमा क्यासिनो सञ्चालन गर्दै आइरहेको छ । सो क्यासिनोले स्थापनाकालदेखि नै हालसम्म बुझाउनुपर्ने रोयल्टी रकम तथा कर राजश्व समयमै बुझाउँदै आएको र कुनै पनि राजश्व रकम बुझाउन बाँकी नरहेको बताइएको छ । हालसम्म कम्पनीले रु २८ करोडभन्दा बढी राजश्व दाखिला गरिसकेको छ ।
सो क्यासिनोमा करार र दैनिक ज्यालादारीसमेत गरी हाल ६०० भन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी र हजाराँैं व्यक्तिले अप्रत्यक्ष रोजगारी पाइरहेका छन् । पर्यटक आगमनमा क्यासिनोको योगदान २० प्रतिशतभन्दा बढी छ भने पर्यटकको बसाइ लम्व्याउन समेत यसले महत्वपूर्ण भूमिका खेलेको छ ।
क्यासिनोमा विदेशीले मात्र खेल्न पाउने र अधिकांश खेलाडी हवाई मार्गबाट आउने हुँदा यसको योगदान होटल व्यवसायतर्फ मात्र नभई वायुसेवा व्यवसायतर्फ पनि उत्तिकै रहेको छ । गत आवमा करीब एक लाख जनाले सो क्यासिनोमा खेलेका थिए । आधुनिक सामग्रीको सुविधा प्रदान गरे आधुनिक तवरबाट मनोरञ्जन केन्द्र सञ्चालन गरी विदेशी मुद्रासमेत आर्जन गरेर राष्ट्र निर्माणमा टेवा पु¥याउनु यसको लक्ष्य रहेको छ ।

वि.सं.२०७५ असोज २६ शुक्रवार १५:०७ मा प्रकाशित

गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

गाउँपालिका उपाध्यक्ष गोलेलाई अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मान

काठमाडौं । ललितपुरको महाँकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोले ‘अन्तर्राष्ट्रिय...

विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने तयारीमा पालिका

विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने तयारीमा पालिका

गोलबजार (सिरहा) । सप्तरीको बलान–बिहुल गाउँपालिकाले मातहतका विद्यालयमा स्थानीय पाठ्यक्रम...

दुर्घटना न्यूनीकरणका लागि चालकको स्वास्थ्य परीक्षण

दुर्घटना न्यूनीकरणका लागि चालकको स्वास्थ्य परीक्षण

लुम्बिनी । नेपाल प्रहरीअन्तर्गत ट्राफिक प्रहरीले सार्वजनिक सवारीका चालक तथा...

जलवायु न्यायको पैरवीका लागि सगरमाथा संवाद गरिँदै

जलवायु न्यायको पैरवीका लागि सगरमाथा संवाद गरिँदै

काठमाडौँ । पछिल्लो समय विश्वमै सबैको चासोको विषय बन्दै गएको...

कालीगण्डकी कोरिडोको बागलुङ खण्ड : पर्याप्त बजेट छैन

कालीगण्डकी कोरिडोको बागलुङ खण्ड : पर्याप्त बजेट छैन

ढोरपाटन (बागलुङ) । भारत–चीन जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको...

कोशी प्रदेशसभा बैठक बस्दै

कोशी प्रदेशसभा बैठक बस्दै

विराटनगर । कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आज अपरान्ह २ बजे...