back
CTIZAN AD

सबै गाउँ, नगरपालिका र प्रदेशमा रङ्गशाला बनाइने

वि.सं.२०७५ असोज २६ शुक्रवार

714 

shares

 

२६ असोज, भक्तपुर । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले सरकार देशको गाउँ÷गाउँमा रङ्गशाला निर्माणको तयारीमा लागेको बताएका छन् ।

नेपाल खेलकूद महासङ्घ भक्तपुरले आज मध्यपुरथिमिको निकोसेरामा आयोजना गरेको प्रथम निकोसेरा जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उद्घाटन कार्यक्रममा उनले खेलकूदको विकासमा सरकार लागिरहेको बताएका छन् । मन्त्री विश्वकर्माले भने,“सरकार गाउँ÷गाउँमा रङ्गशाला निर्माणको तयारीमा जुटेको छ, देशका सबै गाउँपालिका र नगरपालिकामा खेलकूद रङ्गशाला र सातै प्रदेशमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला बनाइनेछ ।”

भक्तपुरमा अन्तर्राट्रियस्तरको रङ्गशाला निर्माणका लागि सरकारले काम अगाडि बढाएको बताउँदै उनले विवाद निम्त्याएर यो अवसरलाई भक्तपुरका बासिन्दाले गुमाउन नहुने बताए । मन्त्री विश्वकर्माले खेलकूदमा लागेर अब खेलाडिले पछुताउनुपर्ने दिन गएको दाबी गर्दै भने, “वर्तमान सरकारले स्वर्णपदक विजेता खेलाडीलाई मासिक रु पाँच हजार र नेपालको ओलम्पियन खेलाडीलाई मासिक रु तीन हजारका दरले जीवनभर सम्मान भत्ता उपलब्ध गराएर वितरण गर्न थालिसकेको छ ।”

सरकारले समृद्ध नेपाल र सुखी नेपाली अभियान शुरु गरेको बताउँदै उहाँले खेलको विकासले मात्र त्यो सम्भव भएकाले सरकारले खेलकूदका लागि चाहिने आवश्यक वातावरण बनाउनेछ भने । सरकारले खेलाडीको स्वास्थ्य एवं जीवन बीमा गर्ने प्रबन्ध सरकारले गरिसकेको मन्त्री विश्वकर्माको भनाइ थियो । नेकपाका भक्तपुर अध्यक्ष बचन देउजाले खेलकूदको विकासले नै देशको विकास हुन्छ भन्दै खेलकूद र खेलाडीको विकासमा सरकार लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्ला खेलकूद विकास समितिका उपाध्यक्ष श्यामसुन्दर बस्नेत, महासङ्घ भक्तपुरका उपाध्यक्ष कविराम थापा, निकोसेरा डोजाङका अध्यक्ष महेश प्रजापतिलगायतले जिल्लामा खेलकूदमा युवा र बालबालिकाको आकर्षण बढेको बताए ।

 

वि.सं.२०७५ असोज २६ शुक्रवार १५:११ मा प्रकाशित

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

आव २०८३/८४ को बजेट, गण्डकीका कुन–कुन योजना परे ?

राम थापा, गण्डकी । सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आव...

आजको मौसम विवरण:  मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

आजको मौसम विवरण: मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

सार्वजनिक संस्थानको नाफा १२ प्रतिशतले बढ्यो, वायुसेवा निगम सबैभन्दा बढी घाटामा

काठमाडौँ । नेपालमा सञ्चालित सार्वजनिक संस्थानहरूको समग्र खुद नाफामा सुधार...

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

समृद्धिको लक्ष्य प्राप्ति आजको राष्ट्रिय आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको...

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

देशैभरी न्यून चापीय क्षेत्रको प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा पूर्वी...