back
CTIZAN AD

शान्ति र स्थायित्वका लागि समुदायको साथ चाहिन्छ : गृहमन्त्री

वि.सं.२०७५ असोज २८ आइतवार

792 

shares

 

२८ असोज, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले शान्ति र स्थायित्वका लागि समुदायको सहभागिता अपरिहार्य हुने बताएका छन् । प्रहरी प्रधान कार्यालय काठमाडौँमा आज आयोजित अन्तरक्रियामा गृहमन्त्री थापाले तीनै तहको समन्वय र समुदायसँगको सहकार्यमा मात्रै शान्ति र सुशासनको प्रत्याभूति हुने उल्लेख गरेका छन् ।

“देशको समस्या भनेको शान्तिसुरक्षा र स्थायित्वलाई कसरी सुदृढ गराउने भन्ने हो,” गृहमन्त्री थापाले भने, “अपराधलाई निस्तेज पार्न समन्वय जरुरी छ ।” प्रहरीले प्रस्तुत गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शान्ति सुरक्षा र स्थायित्वका लागि फलदायी हुने गृहमन्त्री थापाको विश्वास छ । उहाँले समुदायको साथ र संयुक्त साझेदारीले मात्रै स्थायित्व हुने उल्लेख गरे ।

प्रहरीले ल्याउन लागेको संयन्त्र हरेक घटनाको निगरानी गर्न सक्षम हुने आशा उहाँको छ । सुशासन र सुरक्षा नभए राजनीतिक स्थायित्व र विकास पनि नहुने तर्क गृहमन्त्रीको छ । उनले सुरक्षा क्षेत्रमा पर्याप्त बजेट विनियोजन हुनुपर्नेमा जोड दिएका छन् ।

गृहसचिव प्रेमकुमार राईले प्रहरीले ल्याएको अवधारणा पूर्णरुपमा कार्यान्वयन हुने हो भने शान्ति र सुरक्षा व्यवस्थित हुने बताउनुभयो । “यो कार्यक्रम लागू गर्न ढिला गर्नुहुन्न, मन्त्रालयले निर्णय गर्नुपर्छ भने गर्न तयार छ”, राईले भने ।

राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले १५औँं योजनामा उक्त अवधारणालाई समेत समावेश गरिने आश्वासन दिए  । अर्का सदस्य डा कृष्णप्रसाद ओलीले वातावरण प्रदूषण र साइबर अपराध चुनौतीका रुपमा खडा भएको छ भन्दै स्रोतसाधन र संरचना निर्माण गरेर समन्वयात्मक ढङ्गले लाग्नुपर्ने बताए ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले प्रहरी सुधारको मार्गचित्रका रुपमा ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणा आएको छ भन्दै पूर्ण अपनत्व लिएर काम गर्ने प्रतिबद्धता जनाए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव बुद्धिबहादुर खड्का, युवा तथा खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा र अर्थ मन्त्रालयका सहसचिव सुमन दाहालले कार्यक्रममा आवश्यक सहयोग र समन्वय गरिने बताए । उनीहरुलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अवधारणाबारे जानकारी दिएका थिए ।

 

वि.सं.२०७५ असोज २८ आइतवार १६:०४ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...