back
CTIZAN AD

गण्डकी प्रदेशमा एक गाउँपालिका एक नमुना कृषि फार्म बनाइने

वि.सं.२०७५ असोज २८ आइतवार

777 

shares
फाइल फोटो

२८ असोज, गोरखा । गण्डकी प्रदेशका कृषि सहकारी तथा भूमिसुधारमन्त्री लेखबहादुर थापाले प्रदेशभित्रका सबै स्थानीय तहमा नमूना कृषि फार्मको स्थापना गरिने बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर कमिटी गोरखाले आज सदरमुकाममा आयोजना गरेको शुभकामना अदानप्रदान कार्यक्रममा मन्त्री थापाले ८५ वटै गाउँपालिकामा कृषि फार्म स्थापना गर्न प्रदेश सरकारले काम शुरु गरिसकेको बताएका छन् । उनले गण्डकी प्रदेशलाई पाँच वर्षभित्रमा कृषिजन्य वस्तुमा आत्र्मानिर्भर बनाउन सबै गाउँपालिकामा कृषि फार्र्म स्थापना गर्न लागिएको बताए । । यसअघि कहिकतैबाट सहयोग नपाएका तर काम गरिरहेका त्यस्ता फार्म छन् भने तीनलाई प्राथमिकतामा राखेर अनुदान उपलब्ध गराउने तर काम नगर्नेको पनि पहिचान गरी उनीहरुलाई निरुत्साहित पार्ने गरी काम अघि बढेको छ”, मन्त्री थापाले भने ।

“प्रदेश सरकारकोे अनुदानमा प्रत्येक गाउँपालिकामा सञ्चालन हुने कृषि फार्मबाट माछा, मासु, दूघ, अण्डा, तरकारीलगायतका कृषिजन्य वस्तु उत्पादनमा जोड दिने र त्यसले समग्र प्रदेशको कृषिमा आत्मानिर्भर हुने लक्ष्य हासिल हुने उनले बताए ।

प्रदेश सरकारले कृषकलाई आठ किसिममा वर्गिकरण गरेर अघि बढेको भन्दै मन्त्री थापाले वास्तविक किसानलाई राज्यले सहयोग गर्ने बताए । ‘अहिले शिक्षक नै किसान र किसान नै शिक्षक हुने परम्परा छ, त्यसको अन्त्य गरी वास्तविक किसानको पहिचान गर्नु जरुरी भएको छ ।’ उनका अनुसार प्रदेशभित्र तीन हजार ५०० भन्दा बढी सहकारी रहेका छन् । ती सहकारीको राम्रो व्यवस्थापन गर्दै प्रत्येक सहकारीको कूल कारोबारको ३० प्रतिशत कृषि क्षेत्रमा लगानी गर्ने गरी नीति नै बनाउने तयारी भइरहेको बताइएको छ ।

त्यस्तै कृषकको उत्पादन बजारसम्म पु¥याउन प्रदेशभित्रका ७५९ वडामा कृषि सङ्कलन केन्द्र स्थापना गर्ने गरी प्रदेश सरकारले काम अघि बढाएकोे सो अवसरमा जानकारी दिइयो । ‘अहिले कृषकले दुःख गरेर वस्तु उत्पादन गर्छन् ,तर बिक्री गर्दा किसानले न्यून र बिचौलियाले धेरै नाफा कमाउने गरेका छन्, आफ्नै उत्पादन आफैले बेच्न सक्ने गरी हप्तामा कम्तीमा एक दिन चल्ने गरी हाटबजार खोल्नु राम्रो हुन्छ ।’ उनले भने ।

वि.सं.२०७५ असोज २८ आइतवार १६:१२ मा प्रकाशित

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

भोटेकोशी बाढीः ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ४०३ पर्यटक सम्पर्कविहीन...

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

भोटेकोशी बाढी : ९५ जनाको मृत्यु भएको पुष्टि, ६३ जना उपचाररत

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीका...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

प्रधानमन्त्री बालेनले विपद्को बेला सबै एकढिक्का हुनुपर्ने भन्दै आह्वान गरिरहँदा दलहरुलाई सम्बोधन किन गरेनन?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

बाढी अपडेट : भोटेकोशीको बाढी देवघाट पुग्यो, नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढी अहिले नारायणी नदी हुँदै...