back
CTIZAN AD

सुनसान कृषि ज्ञान केन्द्र

वि.सं.२०७५ कात्तिक ६ मंगलवार

687 

shares
६ कात्तिक, बनेपा । गत भदौ १ गतेदेखि जिल्ला प्रशासन कार्यालयसहित केही कार्यालयबाहेक सबै सरकारी कार्यालय स्थानीय तहमा नै केन्द्रित गर्ने निर्णय भएपछि जिल्ला कृषि विकास कार्यालय सुनसान छ ।
कृषि कार्यालय भएकै बेलामा साउनमा कार्यालय प्रमुख दुर्गा पण्डितको काजमा सरुवा भएर गएपछि कार्यालय प्रमुखविहीन बनेको थियो । पछि कार्यालयको नाम नै परिवर्तन भएपछि भएका कर्मचारीसमेतले स्थानीय तह (नगर÷गाउँपालिका) मा गएर काम गरिरहेका छन् ।
पछि केही कार्यालय प्रदेश सरकार मातहत रहने भन्ने निर्णय भएपछि कृषि कार्यालयलाई कृषि ज्ञान केन्द्रका रूपमा स्थापना गर्ने निर्णयअनुरुप नाम परिवर्तन गरेर कृषि ज्ञान केन्द्रको नाममा सूचनापाटी राखिए पनि कार्यालय भने सुनसान छ । कार्यालय प्रमुख सहित १७ जनाको दरबन्दी रहेको सो कार्यालयमा अहिले एक लेखापालले मात्रै कार्यालय खोल्ने गरेका छन् । “बोर्ड राखिएको छ, प्रमुख छैनन् । अरु कर्मचारी पनि कोही छैनन्”, लेखापाल अखिल खड्काले भने, “जिम्मेवारीको टुङ्गो नै नलागेका कारण हामीले पारिश्रमिकसमेत पाएका छैनौँ,” उनले भने “न काम छ, न त पारिश्रमिक नै ।”
कृषि ज्ञान केन्द्रमा प्रमुख एक, अधिकृत सात, लेखापाल एक, खरिदार एक, प्राविधिक सहायक र कार्यालय सहायक तीन तीन तथा चालक एक गरी १७ जनाको दरबन्दी भए पनि कर्मचारी नै छैनन् ।
कार्यालय नै सुनसान भएपछि अहिले कृषि ज्ञान केन्द्रको कार्यालयमा धुलिखेल नगरपालिकाले नगरको कृषि शाखाको कार्यालय राखेको छ । नगर कृषि शाखाका प्राविधिक सहायक केशवप्रसाद कोइरालाले भने, “दुई कोठामा कृषि शाखाको कार्यालय सञ्चालन भइरहेको छ ।” प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले प्रदेश सरकार र केन्द्र सरकारको अधिकार क्षेत्र र जिम्मेवारीको बारेमा टुङ्गो नलाग्दा कार्यालय विधिवत् सञ्चालनमा नआएको बताए ।

वि.सं.२०७५ कात्तिक ६ मंगलवार १९:१२ मा प्रकाशित

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

विद्यार्थीलाई सीप सिकाउन कपाल काट्ने तालिम दिइँदै

म्याग्दी । जिल्लास्थित बेनी नगरपालिका–४ तातोपानीस्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र

काठमाडौँ । पश्चिम एशियामा विगत केही हप्तादेखि भू–राजनीतिक तनाव बढिरहँदा...

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

अटो चलाएर आत्मनिर्भर बन्दै महिला

ललितपुर । यहाँको महाङ्काल गाउँपालिका–४ की मखमली वाइबा पतिको मृत्युपछि...