back

सुनसान कृषि ज्ञान केन्द्र

वि.सं.२०७५ कात्तिक ६ मंगलवार

345 

shares
GLOBAL IME AD
NTC AD
६ कात्तिक, बनेपा । गत भदौ १ गतेदेखि जिल्ला प्रशासन कार्यालयसहित केही कार्यालयबाहेक सबै सरकारी कार्यालय स्थानीय तहमा नै केन्द्रित गर्ने निर्णय भएपछि जिल्ला कृषि विकास कार्यालय सुनसान छ ।
कृषि कार्यालय भएकै बेलामा साउनमा कार्यालय प्रमुख दुर्गा पण्डितको काजमा सरुवा भएर गएपछि कार्यालय प्रमुखविहीन बनेको थियो । पछि कार्यालयको नाम नै परिवर्तन भएपछि भएका कर्मचारीसमेतले स्थानीय तह (नगर÷गाउँपालिका) मा गएर काम गरिरहेका छन् ।
पछि केही कार्यालय प्रदेश सरकार मातहत रहने भन्ने निर्णय भएपछि कृषि कार्यालयलाई कृषि ज्ञान केन्द्रका रूपमा स्थापना गर्ने निर्णयअनुरुप नाम परिवर्तन गरेर कृषि ज्ञान केन्द्रको नाममा सूचनापाटी राखिए पनि कार्यालय भने सुनसान छ । कार्यालय प्रमुख सहित १७ जनाको दरबन्दी रहेको सो कार्यालयमा अहिले एक लेखापालले मात्रै कार्यालय खोल्ने गरेका छन् । “बोर्ड राखिएको छ, प्रमुख छैनन् । अरु कर्मचारी पनि कोही छैनन्”, लेखापाल अखिल खड्काले भने, “जिम्मेवारीको टुङ्गो नै नलागेका कारण हामीले पारिश्रमिकसमेत पाएका छैनौँ,” उनले भने “न काम छ, न त पारिश्रमिक नै ।”
कृषि ज्ञान केन्द्रमा प्रमुख एक, अधिकृत सात, लेखापाल एक, खरिदार एक, प्राविधिक सहायक र कार्यालय सहायक तीन तीन तथा चालक एक गरी १७ जनाको दरबन्दी भए पनि कर्मचारी नै छैनन् ।
कार्यालय नै सुनसान भएपछि अहिले कृषि ज्ञान केन्द्रको कार्यालयमा धुलिखेल नगरपालिकाले नगरको कृषि शाखाको कार्यालय राखेको छ । नगर कृषि शाखाका प्राविधिक सहायक केशवप्रसाद कोइरालाले भने, “दुई कोठामा कृषि शाखाको कार्यालय सञ्चालन भइरहेको छ ।” प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले प्रदेश सरकार र केन्द्र सरकारको अधिकार क्षेत्र र जिम्मेवारीको बारेमा टुङ्गो नलाग्दा कार्यालय विधिवत् सञ्चालनमा नआएको बताए ।

वि.सं.२०७५ कात्तिक ६ मंगलवार १९:१२ मा प्रकाशित

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनको आधारमा गण्डकी प्रदेशमै...

बन्दीपुरमा पछिल्लो तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

बन्दीपुरमा पछिल्लो तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

तनहुँ । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो...

स्वाइन फिभर रोगले १६ बङ्गुर मरे

स्वाइन फिभर रोगले १६ बङ्गुर मरे

तनहुँ । अफ्रिकन स्वाइन फिभर रोगबाट तनहुँमा बङ्गुर मर्न थालेका...

आज प्रेमिल जोडी रानीमहल पुग्दै

आज प्रेमिल जोडी रानीमहल पुग्दै

पाल्पा । आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस नेपालसहित विश्वभर...

नेपालमा दोस्रोपटक कृष्णवक्ष चाँचर चराको अभिलेख

नेपालमा दोस्रोपटक कृष्णवक्ष चाँचर चराको अभिलेख

गण्डकी । नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रो पटक अभिलेख गरिएको...

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज...