६ कात्तिक, काठमाडौँ। नेपालीहरुको महान पर्व वडादशैँ सकिएलगत्तै विभिन्न वित्तिय संस्थाले पुनःसाधारण शेयर बिक्री गर्ने प्रक्रिया शुरु गरेका छन् ।
स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्थाले रु एक करोड ८० लाख बराबरको साधारण शेयर (आइपिओं) बिक्री गर्ने भएको छ ।
कम्पनीको हालै सम्पन्न दोस्रो वार्षिक साधारणसभाले आइपिओ बिक्री गर्ने प्रस्ताव स्वीकृत गरेको छ । कम्पनीले शेयर बिक्री गरेपछि चुक्ता पूँजी रु छ करोड पुग्नेछ । रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको सो वित्तिय संस्थाको १९ वटा शाखा सञ्चालनमा छन् भने गत असोज मसान्तसम्म कम्पनीका १० हजार ७५७ ग्राहक पुगेका छन् ।
वि.सं.२०७५ कात्तिक ६ मंगलवार १९:१४ मा प्रकाशित