back
CTIZAN AD

त्रुटि बढ्न थालेपछि पर्वको साइत पात्रोमै राख्न माग

वि.सं.२०७५ कात्तिक ६ मंगलवार

639 

shares

पूर्णप्रसाद मिश्र
६ कात्तिक, काठमाडौँ । दशैँ, तिहारजस्ता महत्वपूर्ण पर्वको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गर्ने पात्रो (पञ्चाङ्ग) मै राख्न माग गरिएको छ ।

राष्ट्रिय धर्मसभा, नेपालले पाँचौँ पण्डित सम्मेलनका बारेमा जानकारी दिन आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा समितिले केही व्यक्तिको परामर्शमा मात्र साइत निकाल्दा त्रुटि बढ्न थालेकाले बृहत् भेलाबाट साइतलगायत महत्वपूर्ण निर्णय गर्नुपर्नेमा जोड दिइएको हो । विसं २०७६ को पञ्चाङ्गमा सबै साइत राख्ने व्यवस्था गर्न माग गरिएको हो ।

धर्मसभाका अध्यक्ष एवं समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराईले घटस्थापनाका दिन चित्रा र वैधृति शान्ति गरेर जमरा राख्नुपर्नेमा साइत मात्र सार्वजनिक गर्दा सर्वसाधारण अन्योलमा परेको बताए ।

“पहिले सरोकार भएका सबैलाई राखेर बैठक गरी निर्णय गरिन्थ्यो, त्यो परम्परा तोडिएकाले विजयादशमीका दिन ९ः३९ बजे देवी विसर्जन गरेर ९ः५१ मा देवीको प्रसाद लगाउने साइत दिइयो, हनुमानढोकामा देवी विसर्जन गरेर १२ मिनेटमा राष्ट्रपति निवास पुग्न सकिन्छ कि सकिँदैन भन्नेसम्म पनि विचार गरिएन”, उनले भने ।

सरोकार भएका सबैसँग छलफल नगर्दा विगत वर्षमा पात्रोमा उल्लेख गरेको एक महीनापछि ल्होसार मनाइएको अध्यक्ष भट्टराईले बताए । पञ्चाङ्गकार एवं समितिका पूर्वसदस्य लोकराज पौडेलले सबैसँग सल्लाह गरेर निर्णय गर्न आह्वान गरे बैठक भत्तासमेत नलिने जानकारी दिए । बैठक भत्ताका लागि बजेट नभएरै समितिले बृहत्रुपमा छलफल नगर्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले सो कुरा भनेका हुन् ।

कात्तिक ९ र १० मा पण्डित सम्मेलन

धर्मसभाले कात्तिक ९ र १० गते राजधानीमा पाँचौँ पण्डित सम्मेलन गर्ने घोषणा गरेको छ । सम्मेलनमा हिन्दू, बौद्ध, जैन, सिख समुदायका पण्डित, पुरोहित, लामा, ज्योतिषी गरी ५०० भन्दा बढी व्यक्तिको उपस्थिति हुने कार्यक्रम संयोजक पवित्रबहादुर खड्काले बताए ।

सम्मेलनमा भाग लिन भारतबाट समेत ३० जना पण्डितको समूह आउने जनाइएको छ । नेपालका मौलिक धर्म, संस्कार, संस्कृति र परम्परालाई जीवन्त राख्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको उनले बताए ।

सम्मेलनमा नेपालको धार्मिक तथा सामाजिक क्षेत्रमा देखिएका समस्या र समाधानका उपाय, धर्मशास्त्रसँग बाझिएका महिलासम्बन्धी कानूनी व्यवस्थाको चिरफार र चौथो पण्डित सम्मेलनको समीक्षा गरिनेछ । सहभागीले उठाउने धर्मशास्त्रीय विषयका जिज्ञासाको समाधान धर्मशास्त्रविद्ले गर्ने गरी व्यवस्था मिलाइएको जनाइएको छ ।

काजक्रिया घटाउने, आशौच र व्रत खण्डित गर्नेलगायत गतिविधिले मौलिक धर्म संस्कृतिमाथि आघात पुग्न थालेकाले संरक्षणका उपायका बारेमा सम्मेलनमा छलफल गरिने आयोजक समितिका सदस्य कृष्णप्रसाद खनालले बताए ।

बृहत् नेपाली शब्दकोशले ‘शास्त्रको तात्पर्य राम्ररी बुझेका विद्वान् व्यक्ति’, शास्त्रवेत्ता, ‘सत् र असत् छुट्याउने बुद्धि भएको व्यक्ति’ लाई पण्डित भनी अर्थ गरेको छ । सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका प्रतिनिधिलाई पनि आमन्त्रण गरिएको जनाइएको छ ।

वि.सं.२०७५ कात्तिक ६ मंगलवार १९:२१ मा प्रकाशित

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

राष्ट्रपति पौडेल अध्यादेशबारे गम्भीर, आज संविधानविद्हरूसँग शीतल निवासमा छलफल

  काठमाडौं । सरकारले संसद् अधिवेशन रोकेर एकैपटक ६ वटा...

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...