९ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा मुलुकको व्यापार घाटा साढे तीन खरब पुगेको छ ।
यो अघिल्लो वर्षको सोहि अबधिको तुलनामा ४६ प्रतिशत वृद्धि हो । पछिल्लो वर्षमा निर्यात र आयात बीचको अन्तर निरन्तर फराकिलो बन्दै आएको छ । नेपालको सन्दर्भमा व्यापार घाटा बढ्नु नौलो नभएपनि तीन महिनाको व्यापार घाटा बृद्धिदर हालसम्मकै उच्च रहेको आजको कान्तिपुर दैनिकमा समाचार छ ।
अमेरिकी डलरको भाउ आकाशिएसँगै पछिल्ला महिनामा व्यापार घाटा वृद्धिदरले पनि नयाँ रेर्कड बनाउदै गएको छ । यहि महिनामा एक अमेरिकी डलरको विनियम दर १ सय १८ रुपैयाँ पुगिसकेको छ । यो पनि हालसम्मकै उच्च हो ।
वि.सं.२०७५ कात्तिक ९ शुक्रवार ०८:३४ मा प्रकाशित