back
CTIZAN AD

पर्वतमा धान उत्पादन दश प्रतिशत बढ्ने

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार

720 

shares

९ कात्तिक, पर्वत । यतिबेला मुख्य बालीका रुपमा चिनिने धानबाली भित्र्याउने चटारो शुरु भएको छ । वर्षभरि खानका लागि प्रयोग हुने धानबाली पाकेपछि बाली भित्र्याउन पर्वतवासीलाई भ्याइनभ्याइ भएको हो ।

जिल्लाको कूल नौ हजार २१ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली भित्र्याउन किसान बिहानदेखि बेलुकासम्म खेतमा व्यस्त हुन थालेका छन् । जिल्लामा स्थानीय छेमरोङ, खुमलटार, गौरिया, गुडुरा, मार्सी, पहेले, जर्नेलीलगायत जातका धानखेती हुँदै आएको छ । गत वर्ष १० प्रतिशतले उत्पादन बढेको धान यस वर्ष पनि अनुकूल मौसमका कारण १० प्रतिशतले नै वृद्धि हुने जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कार्यालयका अनुसार यस वर्ष समयमै रोपाइँ गर्न पाइएको र अनुकूल मौसमका कारण अघिल्लो वर्षको तुलनामा धान उत्पादन बढ्ने भएको हो । धानखेती राम्रो भएकाले कृषकहरू उत्साहित छन् । धान उत्पादन हुने पकेट क्षेत्रमा समयमै भएको रोपाइँ र पछिल्लो समयसम्म निरन्तर परेको वर्षाका कारण उत्पादन बढ्ने देखिएको उक्त केन्द्रका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए । थन्क्याउने बेलासम्म असिना पानीले असर गरेन भने यस वर्षको उत्पादन निकै राम्रो छ उनले भने ।
जिल्लामा रहेको करीब २८ हजार हेक्टर खेतीयोग्य जमीनमध्ये २० हजार हेक्टर जमीनमा धानखेती हुने उक्त केन्द्रले जनाएको छ । पर्वतका अधिकांश जमीनमा अहिले पनि आकाशे पानीको भर पर्नुपरेकाले केहीले खेतबारी बाँझै राख्ने गरेका छन् ।

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार ०९:०३ मा प्रकाशित

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो...

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक...