back
CTIZAN AD

सहानीका हत्या अभियोगमा तीन पक्राउ

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार

588 

shares

९ कात्तिक, नवलपरासी । पश्चिम नवलपरासीमा भएको गणेश सहानीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । हत्यामा संलग्न भएको आरोपमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका नर्मदेश्वर चौहान, दीनबन्धु भन्ने ओमकार पाण्डे र जनक गुरुङलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–४ बर्दघाट पुल नजिकको बगैँचामा गत सोमबार राति पाल्हीनन्दन गाउँपालिका–१ निवासी सहानीको हत्या भएको थियो । सहानीको परिवारजनले इलाका प्रहरी कार्यालयमा उनीहरूविरुद्ध किटानी जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालयमा राखेर उनीहरुमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोती–११ खरकट्टाजङ्गल क्षेत्रमा बिहीबार साँझ दुवै मोटरसाइलक एकापसमा ठोक्किँदा एक एक जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् ।

दुर्घटनामा परी लु५प २१७१ नं को मोटरसाइकल चालक पूर्वी नवलपरासी कावासोती–१२ पिठुवा बस्ने वर्ष २१ का मेनजन गुरौको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ना५९प ८४६४ नं का मोटरसाइलक चालक पूर्वी नवलपरासी कावासोती–३ बस्ने वर्ष २० का कासिकराज अमात्य र सोही मोटरसाइकलको पछाडी सवार कावासोती–३ बस्ने वर्ष २३ का खिमलाल कँडेल घाइते भएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७५ कात्तिक ९ शुक्रवार ०८:५७ मा प्रकाशित

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

रास्वपा महाधिवेशनः नयाँ नेतृत्वमा रवि, बालेन र स्वर्णिम सर्वसम्मत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आगामी नेतृत्वका लागि तीन...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

रास्वपा महाधिवेशन: बन्दसत्र १ बजेबाट सुरू हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो...

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

विष्णु पौडेल पक्राउ प्रकरणः एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक...