back
CTIZAN AD

दीर्घकालीन लगानीको अवसर, सानिमा बैंकले दुई अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने

वि.सं.२०७५ कात्तिक १० शनिवार

558 

shares

 

१० कात्तिक, काठमाडौं । सानिमा बैंकले दुई अर्ब रुपैयाँको ऋणपत्र निष्कासनका लागि धितोपत्र बोर्डले अनुमति दिएको छ ।
बोर्डले प्रति डिवेन्चर १००० रुपैयाँमा २० लाख इकाई निष्कासन गर्ने अनुमति प्रदान गरेको हो ।

बैंकले सर्वसाधारणकालागि ४ लाख इकाई अर्थात ४० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने छ । बैंकका अनुसार १० वर्षको अवधिकालागि निष्कासन भएको उक्त ऋणपत्रको ब्याजदर १० प्रतिशत रहेको छ ।

ऋणपत्र निष्कासनकालागि बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केटलाई तोकिएको बैंकले जनाएको छ ।

ऋण लगानी तथा निक्षेप संकलनमा राम्रो सुधार गरिरहेको बैंकको पूँजी कोष अनुपात १२.९१ प्रतिशत रहेको छ ।

दुई अर्ब रुपैयाँको ऋणपत्र निष्कासनसँगै बैंकको पूँजी कोष अनुपातमा केही सहजता हुनेछ । पछिल्लो समय बैंकिङ तरलताले समस्यामा परेका बैंकहरु दीर्घकालीन समाधानकालागि ऋणपत्र निष्कासन गरिरहेका छन् ।

वि.सं.२०७५ कात्तिक १० शनिवार १०:०७ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

निर्धक्क साथ मतदान गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका...

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

सार्वजनिक बिदाका दिन पनि बैङ्किङ सेवा उपलब्ध गराउन राष्ट्र बैंकको निर्देशन

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा...

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि...

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...