back
CTIZAN AD

बर्राचौर–हुवास र फलेबास– हुवाससम्मको सडक कालोपत्रे छिट्टै –राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

वि.सं.२०७५ कात्तिक १० शनिवार

765 

shares

१० कात्तिक, पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तीनै तहका सरकारले कानूनको अभावमा काम गर्न नपाउने अवस्था छिट्टै अन्त्य हुने बताएका छन् ।

पर्वतको बिहादी गाउँपालिका–२ बर्राचौरलाई पूर्ण सरसफाइयुक्त वडा घोषणा कार्यक्रममा उनले भने, “तीनै तहका सरकारको अधिकार बाँडफाँड गर्ने कानून आगामी हिउँदे अधिवेशनमा बन्ने र त्यसपछि निर्वाध रूपमा काम गर्ने बाटो खुल्नेछ । ”

अध्यक्ष तिमिल्सिनाले अहिलेसम्म कानूनको अभावमा तीनै तहका सरकारले चाहे जति काम गर्न नसकेको अवस्था रहेको उल्लेख गर्दै यसपटकको हिउँदे अधिवेशनको पहिलो प्राथमिकता नै अधिकार बाँडफाँडसम्बन्धी कानून बनाउने भएकाले सबै तहले काम गर्न सक्ने वातावरण बन्ने विश्वास व्यक्त गरे ।
आगामी पुसदेखि सङ्घीय संसद्को हिउँदे अधिवेशन बोलाइने बताउँदै उनले त्यही अधिवेशनमा तीन तहका अधिकार बाँडफाँडका कानून आउने कुरामा ढुक्क हुन आग्रह गरे ।

अध्यक्ष तिमिल्सिनाले बजेट अधिवेशनमा स्थानीय र प्रदेश सरकारलाई आवश्यक पर्ने कानून समयको अभावमा बनाउन नसके पनि हिउँदे अधिवेशनमा यो विषय प्राथमिकता पाएकाले यसमा चिन्ता मान्ने अवस्था नभएको बताए ।

अर्को प्रसङ्गमा तिमिल्सिनाले पाङ–बागलुङ जोड्ने ५६७ मिटर लामो पुल निर्माण कार्य छिट्टै शुरु हुने र त्यसमा प्रयोग हुने प्रविधिका आधारमा नाग्लीबाङदेखि बागलुङ, पाङराङदेखि बागलुङको छिस्ती जोड्ने पुलसमेत निर्माणको प्रक्रियामा जाने बताउँदै पर्वत जिल्ला साँच्चिकै अग्ला र लामा पुलले घेरिएको जिल्ला बन्ने धारणा व्यक्त गरे ।

कालीगण्डकी लोकमार्गको कुश्मा सेतीवेणी खण्ड कालोपत्रे गर्ने काम आफ्नै कार्यकालभित्र हुने आश्वासन दिँदै उनले बर्राचौरदेखि हुवास र फलेबासदेखि हुवाससम्मको सडक कालोपत्रे गरिने आश्वासन दिए ।

प्रतिनिधिसभाका सदस्य पदम गिरीले आगामी पाँच वर्षमा सरकारले समृद्धिको स्पष्ट आधार तयार गरी जनताका बीचमा आउने बताउँदै “अहिले सरकारले समृद्धिका लागि आधार तयार गर्दैछ, पाँच वर्षमा हामीले काम गरेर देखाउँछाँै, तपाईंहरुलाई प्रश्न गर्ने ठाउँ राख्नेछैनौँ”, भने ।

प्रदेशसभा सदस्य जुनादेवी नेपालीले प्रदेश सरकारले पर्वतको दक्षिण क्षेत्रमा सडक, खानेपानीलगायतका योजना प्राथमिकताका साथ कार्यान्वयन गर्दै लगेको बताईन् ।

जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर विश्वकर्मा पौडेलले पर्वत जिल्लामा विकासका धेरै सम्भावनालाई सरकारले प्राथमिकता दिएकाले सबै तहको समन्वयमा समुन्नत पर्वत बन्ने विश्वास व्यक्त गरे ।

वि.सं.२०७५ कात्तिक १० शनिवार ०९:४१ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...