१० कात्तिक, काठमाडौं । सानिमा बैंकले दुई अर्ब रुपैयाँको ऋणपत्र निष्कासनका लागि धितोपत्र बोर्डले अनुमति दिएको छ ।
बोर्डले प्रति डिवेन्चर १००० रुपैयाँमा २० लाख इकाई निष्कासन गर्ने अनुमति प्रदान गरेको हो ।
बैंकले सर्वसाधारणकालागि ४ लाख इकाई अर्थात ४० करोड रुपैयाँको ऋणपत्र निष्कासन गर्ने छ । बैंकका अनुसार १० वर्षको अवधिकालागि निष्कासन भएको उक्त ऋणपत्रको ब्याजदर १० प्रतिशत रहेको छ ।
ऋणपत्र निष्कासनकालागि बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केटलाई तोकिएको बैंकले जनाएको छ ।
ऋण लगानी तथा निक्षेप संकलनमा राम्रो सुधार गरिरहेको बैंकको पूँजी कोष अनुपात १२.९१ प्रतिशत रहेको छ ।
दुई अर्ब रुपैयाँको ऋणपत्र निष्कासनसँगै बैंकको पूँजी कोष अनुपातमा केही सहजता हुनेछ । पछिल्लो समय बैंकिङ तरलताले समस्यामा परेका बैंकहरु दीर्घकालीन समाधानकालागि ऋणपत्र निष्कासन गरिरहेका छन् ।
वि.सं.२०७५ कात्तिक १० शनिवार १०:०७ मा प्रकाशित