back
CTIZAN AD

ईनर्जी फोरममा ऊर्जा मन्त्री भन्छन, ‘केही वर्षमा नेपालले ऊर्जा क्षेत्रमा फड्को मार्छ’

वि.सं.२०७५ कात्तिक १० शनिवार

675 

shares

१० कात्तिक, काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्रको विकासका लागि सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यका साथ काम गरिरहेको र निकट भविश्यमा नै फड्को मार्ने बताएकाएका छन् ।

सर्बियाको राजधानी बेलग्रडमा जारी ‘यूरो एशियन इनर्जी फोरम’लाई सम्बोधन गर्दै उनले नीतिगत सुधारमार्फत ऊर्जा क्षेत्रमा लगानीका लागि निजी क्षेत्रलाई समेत साथमा लिएर अगाडि बढेको र आगामी केही वर्षभित्रैमा ठूलो फड्को मारिने दाबी गरे ।

मन्त्री पुनले भने, “आगामी तीनदेखि पाँच वर्षभित्र ठूलो फड्को मार्ने अवस्थामा हामी पुगेका छौँ, चार हजार मेगावाट क्षमताका आयोजना निर्माणका विभिन्न चरणमा रहेका छन्, मन्त्रालयले गत वैशाख २५ गते सार्वजनिक गरेको श्वेतपत्रमार्फत् सहजरुपमा काम गर्ने वातावरण बनाइएको छ ।”

मन्त्री पुनले आगामी दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको र त्यसमा दश हजार मेगावाट आन्तरिक खपतका लागि प्रयोग गर्ने र बाँकी पाँच हजार मेगावाट विद्युत् बाह्य व्यापारका लागि उपलब्ध गराउने लक्ष्य राखिएको जानकारी दिए ।

यस्तै सरकारले वायु तथा सौर्य ऊर्जालाई समेत विशेष प्राथमिकतामा राखेको र नीतिगत रुपमा समेत सहजीकरण गरिएको जानकारी दिँदै उनले पेट्रोलियम पदार्थमा बढ्दै गएको परनिर्भरता अन्त्यका लागिसमेत दिगो र स्वच्छ ऊर्जाका लागि जोड दिइएको बताए ।

मन्त्री पुनले सरकारले ठूला जलाशयुक्त र अर्धजलाशययुक्त आयोजना निर्माणलाई जोड दिइएको र रणनीतिकरुपमा काम अगाडि बढाइएको उल्लेख गर्दै सरकारी, निजी क्षेत्र र नागरिकको लगानीमा ठूला परियोजनासमेत अगाडि बढाइएको बताए ।

आन्तरिक तथा क्षेत्रीय बजारको खोजी तथा सम्पर्क सञ्जालको विस्तारमा समेत जोड दिइएको, बहुपक्षीय क्षेत्रीय मञ्चमार्फत् सहकार्यको ढोका खोलिएको बताउँदै उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) इनर्जी फ्रेमवर्क, बिम्स्टेक पावर ग्रीड निर्माण गर्नेसम्बन्धी सहमति भएको जानकारी विश्वमञ्चलाई दिए ।

मन्त्री पुनले अन्तरदेशीय प्रसारण लाइनको निर्माण गर्ने विषयसमेत प्रमुख प्राथमिकतामा रहेको स्पष्ट पार्दै नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता भएको, प्रसारण प्रणालीको विस्तार तथा विकासमा जोड दिइएको, केही अन्तरदेशीय प्रसारण प्रणाली निर्माण भएको र केही प्रक्रियामा अगाडि बढेको धारणा व्यक्त गरे ।
नेपाल लगानीका लागि उपयुक्तस्थल रहेको उल्लेख गर्दै उनले चीन सरकारले अगाडि सारेको ‘एक क्षेत्र एक मार्ग’ अवधारणामा समेत नेपाल सरकारले हस्ताक्षर गरेको, चीन सरकारसँग ऊर्जा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएकाले पनि मार्ग प्रशस्त भएको बताए ।

वि.सं.२०७५ कात्तिक १० शनिवार ०९:१६ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...