back

पत्रकार खेम भण्डारीद्धारा निर्मला हत्याकाण्डको बास्तविकता उजागर

वि.सं.२०७५ कात्तिक १० शनिवार

420 

shares

 

१० कात्तिक, काठमाडौं । निर्मला हत्याकाण्ड लगत्तै र तथ्य र तर्कमा लडाई र कञ्चनपुरवासीलाई संयमित ढंगले आन्दोलित गराउँदै आएका पत्रकार खेम भण्डारीले निर्मला हत्याकाण्डको बास्तविकता उजागर गरेका छन् ।

कन्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदिश भट्टलाई सरकारले घटना अनुसन्धानमा लापरवाही गरेको भन्दै विहिबार बर्खास्त गरेपछि  पत्रकार भण्डारीले आफ्नो सामाजिक  संजालमा  व्यंग शैलीमा २६ बुँदा सहित यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनलाई बर्खास्त गरिएपछि पत्रकार भण्डारीले आफ्नो सामाजिक संजालमा ‘यस्तो महान काम गर्नेलाई पनि वर्खास्त किन ?’ भनेर लेखेका छन् ।

यी हुन् उनले लेखेको घटनाका बारेमा २६ बुँदा जस्ताको तस्तै
१– १० साउन राति नयाँ कटान बिटका इन्चार्ज असई रामसिंह धामी बम दिदीबहिनीको घर खानतलासका तयार भएपछि ‘नजाउ’ भन्ने आदेश मात्रै दिएको । महिला मात्रै बस्ने घरमा जान नदिएर महिलाप्रति सम्मान दर्शाएको ।

२– १० साउनमैं लगातार निर्मलाका आमा र छिमेकीले १०० नम्बरमा फोन गर्दा आफैले रिसिभ गरेर जनपक्षीय काम गर्दै रातको समयको संवेदनशीलता बुझी प्रहरी परिचालन नगरेको ।

३– रातारात अनुसन्धानका विशेषज्ञ डाक्टर डिकरदेव पन्तलाई गड्डाबाट झिकाई इमान्दारीपूर्वक अनुसन्धानमा लगाएको ।

४– वडा प्रहरीको टोली उखुबारी पुग्नुभन्दा पहिले डाक्टर डिकरलाई त्यहाँ पुगाएर घटनास्थलको सुक्ष्म अध्ययन गराएको ।

५– १० साउनमैं छोराको आकस्मिक जन्मदिन मनाएर नयाँ परम्परा थालनी गरेको । छोराको जन्मदिनमा आएका पाहुनालाई अहिलेसम्म सम्मान हुने अवस्था बनाएको ।

६– हत्यारा छिटो पक्राउ परोस् भनेर निर्मलाका वुवा भारतबाट नआउँदै उनको औठाछाप इमेलबाट मगाएर कागजात तयार गरेको ।

७– डाक्टरहरुले पोष्टमार्टम गरेपछि छिटोछिटो शिलबन्दी नै नगरी किट समातेर ल्याएको । त्यो किटलाई अत्यन्त सुरक्षित तरिकाले ७४ घण्टा जिप्रका राखेर सुरक्षित काठमाडौं पठाएको । गर्मीका कारण निर्मलाको स्वाब सुक्छ भनेर त्यसमा बरफ मिसाएको ।

८– घटनास्थल (शव पाइएको) पर्यटकीय गन्तब्य बन्दा मुलुकको भलो हुन्छ भनेर सबैका लागि खुल्ला राखेको ।

९– आफू धार्मिक प्रवृत्तिको व्यक्ति भएको हुनाले तत्काल जघन्य अपराधपछि शव भेटिएको ठाउँमा जान नसकेको । प्रहरी महानिरीक्षक गए पनि आफ्नो मन अत्यन्त धार्मिक भएकाले आफू त्यहाँ जान नसकेको ।

१०– ११ गते विहान ९ बजे मात्रै आफूलाई घटनाबारे थाहा भएको । आफू रातभर भजनकिर्तनमा लिन भएको हुनाले १० गतेको कुरा थाहा नपाएको । आफ्नो धार्मिक प्रवृत्तिकै कारण जघन्य घटनाबाट मन विचलित हुँदा अनुसन्धानको काममा ध्यान नगएको ।

११– आफ्नो कोमल र शुद्ध मनका कारण मस्तिस्क विचलित भएपछि अनुसन्धानको काममा ध्यान नगएको ।

१२– महान क्रान्तिकारी पार्टीको सदस्य भएको हुनाले ११ गते सुरु भएको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै गतल कामका सबै प्रमाण मेटाएर समाजलाई शुद्ध बनाउने आध्यामिक चेत पलाएपछि निर्मलाका दुषित कपडा र भित्रीवस्त्रको नामोनिसान मेटाएर अपराधको अन्त्य गर्न खोजेको ।

१३– निर्मलाको शव कुहियो भने महामारी फैलन सक्छ भन्ने शुद्ध सोच कै कारण जवर्जस्ती दाहसंस्कार गराएको ।

१४– होटल ओपेरा र भीमदत्त नगरका सीसीटीभी क्यामेरामा कैद अमानवीय फुटेज डिलिट नभए समाजको भ्रष्टिकरण हुन्छ भन्ने महान सोच अनुसार आफ्नो पवित्र कर्तब्य पालन गरेको ।

१५– काठमाडौंबाट आएका पाहुनाले कुनै कमी महसुस नगरुन् भन्ने आतिथ्य भावना प्रकट गर्दै डिएसपी अंगुर जीसीको टोलीलाई होटल ओपेरामा भव्य आतिथ्यका साथ राखेको । र उनीहरुको सहयोगका लागि डाक्टर डिकरजस्तो कर्तव्यनिष्टलाई खटाएको ।

१६– बम दिदीबहिनी जस्ता पवित्र कुमारीलाई कुनै कष्ट नहोस् भनी २१ दिनसम्म बिहान गाडीमैं ल्याउने र साँझ गाडीमैं छोड्ने सत्कर्म गरेको । दिउँसो आफ्नै कार्यकक्षको सोफामा आराम गराएको ।

१७– जीवनमा कुनै पनि महिलाप्रति गलतभाव नराखेको हुनाले बम दिदीबहिनीप्रति अगाघ श्रद्धा पलाएर उनीहरुसँग कडा शब्दमा शोधपुछ समेत नगर्ने आध्यामिक व्यवहार प्रदर्शन गरेको ।

१८– गहृमन्त्रीलाई दीपक नेगी र जीवन घर्तीमगरलाई पक्राउ गरेको सूचना गृहमा पठाइएको, गृहमन्त्रीले पनि संसदलाई त्यही जानकारी दिएको । तर, त्यसै बीच घर्तिमगर र नेगी भविष्यका कर्णधार जस्ता लागेपछि दया लागेर हिरासतमुक्त गरेको ।

१९– आन्दोलनकारी राक्षसजस्ता लागेको हुनाले सीडिओको अनुमतिविनै गोली चलाउने आदेश दिएर लोकको कल्याण गरेको ।

२०– निर्मलाको शव पाइएको २६ दिनसम्म जसोतसो महेन्द्रनगरको शान्ति सुव्यवस्था कायम गरेको ।

२१– चक्रदेव वडूजस्तो खतरनाक अपराधीको घर नजिक लास पाइएको हुनाले अरु लास नपाइउन् भनेर भुजेलाका सार्कीलाई साक्षी राखेर डाक्टर डिकरले तयार पारेको योजना अनुसार काम गरी चक्रदेव जस्ता खतरनाक अपराधीबाट समाजलाई बचाउन खोजेको ।

२२– अपराध न्यूनिकरणका लागि उल्टाखाम र निम्बुखेडाका १०० भन्दा बढी व्यक्तिलाई चरम यातना दिएर त्यस क्षेत्रमा बलात्कार र हत्यका घटना दोहरिन नदिएको ।

२३– आफ्नै भिनाजु मार्ने व्यक्तिले निर्मलाको बलात्कार गर्न सक्ने शास्वत सिद्धान्तका आधारमा दिलिप विष्टलाई हत्यारा घोषित गरेर अपराध अनुसन्धानको क्षेत्रमा नयाँ सिद्धान्त प्रतिपादन गरेको ।

२५– शिरिर र साजनलगायतका व्यक्तिलाई फोनबाटै निर्देशन गरेर वास्तविक हत्यारा पत्ता लगाउनका लागि भरपूर प्रयास गरेको ।

२६– आफ्नो प्रतिष्ठा, जागिर र सन्ततिको हितलाई बाजी राखेर पनि सत्यका पक्षमा काम गरेको । हत्यारा पत्ता लगाउने साहस प्रदर्शन गरकै कारण पत्रकारहरुले खेदो खनेको । आफ्नो सफा नियत देखेर नै नागरिक समाज रिसाएको । हत्यारा पक्राउ पर्ने भएकै कारण कञ्चनपुरका सारा जनता आफू विरुद्ध सडकमा उत्रिएको । र, हत्यारा बचाउन कै लागि सिंगो नेपाल आफू विरुद्ध भएको ।

वि.सं.२०७५ कात्तिक १० शनिवार ०९:१४ मा प्रकाशित

Himalayan Life AD
बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

बालिका बलात्कार आरोपमा एमाले नेता पक्राउ

काठमाडौं । होटेलमा बन्धक बनाएर १३ वर्षीया बालिकालाई बलात्कार गरेको...

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने...

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौँ । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन...

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

आज अन्तरराष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौँ । मानव अधिकारको संरक्षणका लागि विश्वव्यापी साझा सहकार्य र...

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकार तयार छ: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार चुनावी सरकार मात्र...

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुशीला कार्कीले दक्षिण एसियाली क्षेत्रीय...