back
CTIZAN AD

विद्युतीय सवारीका लागि ‘चार्जिङ स्टेशन’ बनाउँदै प्राधिकरण

वि.सं.२०७५ कात्तिक १० शनिवार

555 

shares

१० कात्तिक, काठमाडौँ । विद्युतीय सवारी साधनको प्रयोगमा बढावा दिने गरी सरकारले अगाडि सारेको कार्ययोजनालाई लागू गर्न नेपाल विद्युत् प्राधिकरणले देशभर नै ‘चार्जिङ स्टेशन’ निर्माण गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ ।

सडक पुगेको देशभरका सबैजसो स्थानमा प्राधिकरणको वितरण प्रणाली पनि पुगेकाले प्रवद्र्धनात्मक रुपमा त्यस्ता स्टेशन निर्माण गर्न लागिएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधनको चार्जका लागि निकट भविश्यमा नै काठमाडौँ उपत्यकामा केही स्टेशन तयार गरिने जानकारी दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन पहिले साझा यातायातले आयात गरेको विद्युतीय सवारीको उद्घाटन कार्यक्रममा प्राधिकरणले उपत्यकामा २० वटा स्टेशन बनाउने घोषणा गरेका थिए ।

‘चार्जिङ स्टेशन’ बनाउन समस्या नभए पनि के कति महशुल लिने, कसरी शुल्क लिने तथा के कति क्षमताका स्टेशन राख्ने भन्नेलगायतका विषयमा भने नीतिगत व्यवस्था गर्न बाँकी रहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सो सम्बन्धमा आवश्यक तयारी गरिरहेको छ । एउटा बस चार्जका लागि कम्तीमा पनि ८० किलोवाट बराबरको विद्युत् आवश्यक पर्दछ । कार्यकारी निर्देशक घिसिङका अनुसार पेट्रोलपम्पजस्तै राजमार्गमा हरेक ३०÷३० किलोमिटरमा र राजधानीमा पनि सहजरुपमा चार्ज गर्न मिल्ने गरी स्टेशन निर्माण गरिनु पर्दछ ।
प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क र एनइए इञ्जिनीयरिङ कम्पनीको कार्यालय थापाथलीमा ‘चार्जिङ स्टेशन’ निर्माण भइसकेको छ । पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनभन्दा विद्युतीय सवारी साधनको खर्चसमेत कम हुने भएकाले पछिल्लो दिनमा संसारभर नै विद्युतीय सवारीतर्फ मानिसको आर्कषण बढेको छ ।

एशियाली विकास बैंकको सहयोगमा साझा यातायातले दुई वटा विद्युतीय सवारी साधन भित्र्याइसकेको छ भने थप तीनवटा आउने चरणमा रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले समेत विद्युतीय सवारी साधन प्रयोग गर्न सुरु गरिसकेका छन् ।

कार्यकारी निर्देशक घिसिङले कानूनी प्रबन्ध हुने बित्तिकै स्टेशनसमेत बन्ने र नेपालमा हरेक वर्ष विद्युतीय सवारी साधन चढ्नेको सङ्ख्यामा वृद्धि हुने विश्वासा व्यक्त गरे ।

राजमार्गका क्षेत्रमा पनि सहजरुपमा ‘चार्जिङ स्टेशन’ राख्न सकिने भएकाले निजी क्षेत्रसमेत यसमा आर्कषित हुने उनको भनाई छ । वातावरणीय संरक्षणका लागिसमेत पछिल्लो दिनमा विद्युतीय सवारी साधनमा आर्कषण बढ्दै गएको छ ।

वि.सं.२०७५ कात्तिक १० शनिवार ०८:५३ मा प्रकाशित

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

अब घरमै बसेर नेपाल टेलिकमको नयाँ प्रिपेड ई–सिम लिन सकिने

काठमाडौं । नेपाल टेलिकम ले आफ्ना ग्राहकलाई लक्षित गर्दै नयाँ...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

नेपालको पहिलो ‘सुपर वालेट’ सुविधा अब खल्तीका सबै प्रयोगकर्ताका लागि

काठमाडौँ । आइएमई खल्ती लिमिटेड (खल्ती) ले आफ्ना सम्पूर्ण प्रयोगकर्ताहरूका...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ग्रोथ फोरम नेपाल २०२६ ले एसएमई केन्द्रित आर्थिक रूपान्तरणको खाका प्रस्तुत

ललितपुर । “नेपालको आर्थिक वृद्धि स्थानीय एसएमई नवप्रवर्तन र उद्यम...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...