back
CTIZAN AD

काँक्रो खान गएकी बालिका गोली खाएर फर्किन !

वि.सं.२०७५ कात्तिक ११ आइतवार

576 

shares

११ कात्तिक, जुम्ला । अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन् । दुर्भाग्यवशः काँक्रो खान गएकी उनी मिनेटभरमै गोली खाएर फर्किन् ।

थाहा थिएन उनलाई, कोदोबारीमा पुग्दा त्यो घटना घट्छ भन्ने । दिदी सुस्मिता बुमीसँगै कोदोबारीमा काँक्रो लिन जाँदा उनी गोलीको पासोमा परेकी हुन् । कोदोबारीमा छिमेकीले स्याल फसाउनका लागि भनेर थापेको जर्जन पड्कँदा (चलाउँदा बन्दुक पड्केर कुनै पनि प्राणीलाई गोली लाग्ने गरी थापिएको पासो) रमिलाको दाँया घुँडाको मुनि तिघ्रामा लागेर हड्डी र नसा छिनाल्यो ।

“ब्वाङ्ग आवाज आउने बित्तकै ढलेँछु”, त्यो क्षणलाई सम्झँदै उनले भनिन्, “उठ््न खोज्दा खुट्टा टेक्न सकिएन ।” छाम्दा हड्डी भाँचिएको र मासुसमेत भ्वाङ परेको देखेर बेहोस भएको तीतो अनुभव बुमीले सुनाइन् । त्यो दुर्घटनामा परेकी उनलाई त्यहाँ उपचारको कुनै विकल्प थिएन । तत्काल रु तीन लाख ५० हजारमा हेलिकोप्टर चार्टर गरेर सुर्खेत पु¥याइएको रमिलाका मामा ज्योति गिरीले बताए ।

“सुर्खेतमा समेत उपचार हुननसकेपछि जिप बुक गरेर भारतको लखनउ लग्यौँ”, गिरी भने, “गोली लागेको ३६ घण्टा नाघेकाले खुट्टा मरिसकेको रहेछ ।” काट्नुको विकल्प नरहेको र शल्यक्रिया गरेर खुट्टा फाल्नुपरेको दुख प्रकट गरे । बुमीको उपचार गर्न हालसम्म रु सात लाख खर्चेको उनले जानकारी दिए ।

लखनउमा खुट्टाको शल्यक्रिया गरेकी बुमीको यतिबेला भने डे«सिङ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा जुम्लामा भइहेको छ । सद्दे सपाङ्ग रमिला बुमीलाई छिमेकीको कमजोरीका कारण अपाङ्ग भएर अब सधँैका लागि वैशाखीको सहारामा बाँच्नुपर्ने बाध्यता आइलागेको छ ।

सानो गल्तीले गर्दा आज रमिला सधैँभरिका लागि अपाङ्ग भएकी छन् । त्यही घटनालाई लिएर आमा पवित्रा र बुबा जनक बुमीले जिल्ला प्रहरी कार्यालय जुम्लामा आफ्ना छिमेकीविरुद्ध जाहेरी निवेदन हालेको गिरीले बताए अञ्जानवशः ठूलो भूल भएको भन्दै छिमेकीले क्षमायाचना गरेको र रमिलाको जीवनभर स्वास्थ्य अवस्थामा आउने समस्या तथा अहिलेसम्म भएको सबै उपचार खर्च तिर्न छिमेकी मञ्जुर भएकाले कानूनी प्रक्रियाभन्दा मेलमिलाप गर्ने शर्तमा अघि बढ्ने सङ्केत उनका मामा, आमाबुबाले दिएका छन् ।

हुम्ला अदानचुली गाउँपालिकास्थित जनप्रिय आधारभूत विद्यालय कक्षा ५ मा अध्ययरत रमिला कक्षाका प्रथम विद्यार्थी हुन् । उक्त विद्यालयमा मेधावी छात्राका रूपमा नाम दर्ज गरेकी उनले आफ्नो एक महीनाको पढाइ छुटेकोमा चिन्ता गरिन् । पढेर असल मान्छे बन्ने र आमाबुबाको सहयोगी बन्ने सपना लिएकी रमिलालाई अब भने उल्टै सहयोगी आवश्यक हुने भएको छ ।

वि.सं.२०७५ कात्तिक ११ आइतवार ०९:३६ मा प्रकाशित

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

विश्वकीर्तिमानी बाबुछिरी शेर्पाको २५ औँ स्मृति दिवस

काठमाडौँ । विश्व कीर्तिमानी सगरमाथा आरोही बाबुछिरी शेर्पाको २५औँ स्मृति...

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

काठमाडौँ । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा...

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

धानखोला-लमही सडकखण्ड स्तरोन्नति थालियो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिए) नेपालले आज पूर्व–पश्चिम राजमार्गको...