back
CTIZAN AD

पर्यटन सम्भाव्यता अध्ययन गर्न बर्दिया पुग्यो चिनियाँ टोली

वि.सं.२०७५ कात्तिक ११ आइतवार

765 

shares

 

११ कात्तिक, बाँके । बर्दियाको पर्यटकीय सम्भाव्यता अध्ययन गर्न र नेपाल र चीनबीच पर्यटक आदानप्रदान गर्ने लक्ष्यका साथ तीन सदस्यीय चिनियाँ टोली शनिबार बर्दियामा आइपुगेको छ ।

चिनियाँ पर्यटन व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष लि बाओहुवाको नेतृत्वमा आएको सो टोलीले बर्दिया गेरुवा–१ स्थित जङ्गल सफारी, जलयात्रा र विभिन्न पर्यटकीय स्थलको अवलोकन गरेको छ ।
टोली शुक्रबार लुम्बिनीको भ्रमण सकाएर बर्दिया आइपुगेको हो ।
बर्दिया थारु रहनसहनदेखि प्राकृतिक सौन्दर्यसम्मले भरिपूर्ण पश्चिम तराईकोे गरिमा हो । बर्दिया राष्ट्रिय निकुन्ज वन्यजन्तुमा चासो राख्नेहरुका लागि एक अनुपम गन्तव्य हो ।
पर्यटन सम्भाव्यता अध्ययन गर्न बर्दियामा रहेको चिनियाँ टोलीलाई मधुवन नगरपालिका, गेरुवा गाउँपालिका, राजापुर नगरपालिका, गुलरिया नगरपालिका, बढैयाताल गाउँपालिकाले स्वागत गरेको थियो । सो टोलीले बर्दिया र चीनवीच पर्यटन प्रवद्र्धनका लागि आगामी दिनमा चीनमा आयोजना गरिने पर्यटन महोत्सवमा बर्दियाका व्यक्तित्वलाई आमन्त्रण गरिने बताएको छ ।

 

वि.सं.२०७५ कात्तिक ११ आइतवार ११:५६ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

अन्नपूर्ण क्षेत्रमा नौ महिनामा साढे दुई लाख विदेशी पर्यटक

गण्डकी । प्रसिद्ध भ्रमण गन्तव्य अन्नपूर्ण संरक्षण क्षेत्रमा गत साउनदेखि...