back
CTIZAN AD

काठमाडौँसहित देशभर चिसो बढ्यो

वि.सं.२०७५ कात्तिक ११ आइतवार

645 

shares

११ कात्तिक, काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । दशैँअघिसम्म अधिकांश भागमा गर्मी महसुश भए पनि दशैँलगत्तै तापक्रम घटेको छ ।

आइतबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलब शून्य डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तापक्रम घटेकाले उपत्यकामा चिसो महसुश गरिएको छ । यद्यपि दिउँसोको समयमा भने तापक्रम केही बढी छ । महाशाखाले काठमाडौँको अधिकांश तापक्रम आइतबार २५ डिग्रीसम्म पुग्ने प्रक्षेपण गरेको छ ।

केही दिनयता उपत्यकासहित देशभरको तापक्रम स्थिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलब सात र अधिकतम तापक्रम १९ दशमलब ६ डिग्री सेल्सियस छ । वीरेन्द्रनगरको न्यूनतम तापक्रम नौ दशमलब सात र अधिकम तापक्रम २९ दशमलब शून्य डिग्री मापन गरिएको छ ।

त्यस्तै सिमराको न्यूनतम तापक्रम १४ दशमलब शून्य र अधिकतम तापक्रम ३३ दशमलब पाँच डिग्री सेल्सियस छ । दाङको न्यूनतम तापक्रम भने ११ दशमलब पाँच डिग्री र अधिकतम तापक्रम २९ दशमलब चार डिग्री सेल्सियस मापन गएिको छ । धनकुटाको न्यूनतम तापक्रम २६ दशमलब एक र अधिकतम तापक्रम १२ दशमलब आठ डिग्री सेल्सियस रहेको छ । पोखराको न्यूनतम तापक्रम २६ दशमलब पाँच र अधिकतम तापक्रम १२ दशमलब दुई डिग्री सेल्सियस छ । केही दिन यताको अवस्थालाई हेर्दा न्यूनतम तापक्रम अझै घट्न सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतबार काठमाडौँको न्यूनतम तापक्रम आठ दशमलब शून्य र अधिकतम तापक्रम २५ दशमलब पाँच डिग्री छ । आज सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम शून्य दशमलब सात डिग्री र सबैभन्दा बढी विराटनगरमा १८ दशमलब शून्य डिग्री र अधिकतम तापक्रम ३२ दशमलब पाँच डिग्री सेल्सियस छ ।

वि.सं.२०७५ कात्तिक ११ आइतवार १२:२३ मा प्रकाशित

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

विपक्षी दलद्वारा दुई अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति पौडेललाई आग्रह

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति...

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

सरकारले बढायो गाडी भाडा, जनजीवन प्रभावित बन्ने खतरा

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा ५ प्रतिशतले...

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

संसद् छलेर सरकारले ल्यायो दुई अध्यादेश

काठमाडौं  । सरकारले संसद् अधिवेशन सुरु हुनुअघि नै स्थगित गर्दै...

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

शक्तिशाली र स्मार्ट: किंग लङ्गको १६ सिटर EV भ्यान नेपालमा सार्वजनिक

काठमाडौं । सीजी मोटर्सले अत्याधुनिक प्रविधि र दमदार प्रदर्शनसहितको किंग...

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

बीमा व्यवसायको प्रादेशिक अवस्था बागमती प्रदेशको हिस्सा ४४ प्रतिशत, कर्णाली अझै पछि

काठमाडौं । नेपालको बीमा बजारमा प्रादेशिक असन्तुलन अझै कायम देखिएको...

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

जीवन बीमा बजारको नयाँ तथ्याङ्कः चैतसम्म १ खर्ब ४३ अर्बको व्यापार, नेपाल लाइफको एकलौटी अग्रता

काठमाडौं । नेपालमा संचालमा रहेका जीवन बीमा कम्पनीहरूले चालू आर्थिक...