back
CTIZAN AD

श्रीलङ्कामा राजनीतिक सङ्कट, को हो प्रधानमन्त्री ?

वि.सं.२०७५ कात्तिक ११ आइतवार

567 

shares

११ कात्तिक, कोलम्बो । श्रीलङ्कामा दुई नेताले आफूलाई प्रधानमन्त्री दावी गरिरहेका बेला राष्ट्रपति र सभामुख फरक–फरक कित्तामा देखिएका छन् ।

राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा अपदस्त गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई नै सभामुखले प्रधानमन्त्रीको रुपमा मान्यता दिएपछि राष्ट्रपति र सभामुख नै फरक फरक कित्तामा देखिएका हुन् ।

सभामुख कारु जयसुरियाले विक्रमासिङ्घे नै वैधानिक प्रधानमन्त्री भएको र राष्ट्रपतिले प्रधानमन्त्रीलाई अपदस्त गर्न नमिल्ने तर्क गरेका छन् ।

राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री पदबाट विक्रमासिङ्घेलाई हटाउन पनि नमिल्ने र महिन्दा राजापाक्षेलाई नियुक्त गर्न पनि नमिल्ने सभामुखको भनाई छ ।

अर्को व्यक्तिले संसदमा आफ्नो पक्षमा बहुमत पुष्टी नगर्दासम्म विक्रमासिङ्घेले नै प्रधानमन्त्रीको भूमिका निर्वाह गर्न पाउनु पर्ने उनले बताएका छन् ।

राष्ट्रपतिद्वारा नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त हुनुभएका राजापाक्षेको पार्टीले भने संसदमा राजापाक्षेले बहुमत देखाउन सक्ने दावी गरेको छ ।

त्यसैगरी अपदस्त प्रधानमन्त्री विक्रमासिङ्घेले पनि संसदमा आफ्नो बहुमत रहेको बताउँदै आएका छन् ।

आफ्नो बहुमत देखाउन अपदस्त प्रधानमन्त्री विक्रमासिङ्घेले तत्काल संसद बैठक बोलाउन माग गरिरहेका बेला राष्ट्रपति सिरिसेनाले भने शनिबार संसद्को बैठक स्थगित गरिदिनु भएको छ ।

संसदमा आफूमाथि हुन सक्ने चुनौती पन्छाउन उनले संसद अधिवेशन आगामी नोभेम्बर १६ सम्मका लागि स्थगित गरेका हुन् ।

राष्ट्रपतिले प्रधानमन्त्रीलाई हटाएको र प्रधानमन्त्रीको दल सत्ताधारी गठबन्धनबाट हटेको अवस्थामा हुन सक्ने सम्भावित झडपलाई मध्यनजर गर्दै यहाँको सुरक्षास्थिति पनि मजबुत पारिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सबै सुरक्षाकर्मीलाई बिदा रद्द गराएर कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।

राष्ट्रपति सिरिसेनाको सत्तारुढ दलले नै मौजुदा गठबन्धन सरकार छोड्ने निर्णय गरेपछि उहाँले प्रधानमन्त्री परिवर्तन गर्नुभएको हो । सिरिसेनाको पार्टी र निवर्तमान प्रधानमन्त्री विक्रमासिंघको पार्टीले सत्ता गठबन्धन गरेका थिए ।

आफ्नै पार्टीले सरकार छाड्ने निर्णय गरेपछि राष्ट्रपति सिरिसेनाले आफ्नै प्रतिस्पर्धी राजापाक्षेलाई शुक्रबार प्रधानमन्त्रीमा नियुक्त गर्दै सपथसमेत गराउनुभएको छ ।

गएको राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति सिरिसेनासँग राजापाक्षेले प्रतिस्पर्धा गरेका थिए ।

वि.सं.२०७५ कात्तिक ११ आइतवार १५:५१ मा प्रकाशित

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

हाइटी किल्लामा भागदौड, ३० जनाको मृत्यु

पोर्ट–अउ–प्रिन्स । हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको भीडभाडपछि...

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इरान-अमेरिका वार्ता निष्कर्षविहीन

इस्लामावाद  । मध्यपूर्वमा चर्किंदै गएको युद्ध अन्त्य गर्ने उद्देश्यले पाकिस्तानको...

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी

फ्रान्स । उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार...

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

द्वन्द्वग्रस्त सुडानमा अस्पताल असुरक्षित, हजारौँ नागरिक प्रभावित

खार्तूम  । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) र संयुक्त राष्ट्र बाल...

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल-अमेरिकासँगको सम्बन्ध आरोप

तेहरान । इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा...