
१२ कात्तिक, चरिकोट । खारेज भएपछि प्रदेश सरकारअन्र्तगत नयाँ स्थापना भएको कार्यालयको करिब १२ सय रुपैयाँ पर्ने साइनबोर्डको उद्घाटन गर्न दोलखाको चरिकोटमा एक कार्यालयले सवा लाख खर्च गरेको समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।
सिँचाइ विकास डिभीजन र जलउत्पन्न प्रकोप नियन्त्रण डिभीजन कार्यालय खारेज भई नयाँ स्थापना भएको जलश्रोत तथा सिँचाइ विकास डिभीजन कार्यालय चरिकोटको करिब १२ सय पर्ने साइनबोर्ड उद्घाटन गर्न करिब १ लाख २० हजार खर्च गरिएको हो ।
वि.सं.२०७५ कात्तिक १२ सोमवार ०८:३८ मा प्रकाशित




























