back
CTIZAN AD

नगरकोटका पर्यटन व्यवसायी आन्दोलित

वि.सं.२०७५ कात्तिक १२ सोमवार

630 

shares

१२ कात्तिक, भक्तपुर । नगरकोट जाने पर्यटकलाई दोहोरो पर्यटन शुल्क लगाएपछि पर्यटकीयस्थल नगरकोटका होटल व्यवसायी, पर्यटन व्यवसायी, होटल मजदूर र स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका र काभ्रेको मण्डन देउपुर नगरपालिकाले नगरकोट आउने पर्यटकसँग छुट्टाछुट्टै शुल्क लिन थालेपछि दुई स्थानीय सरकारले एकै क्षेत्रका लागि दोहोरो शुल्क लिएको भन्दै व्यवसायीले आइतबार नगरकोटमा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलन शुरु गरेका हुन् ।

चाँगुनारायण नगरपालिकाले गतवर्षदेखि पर्यटन शुल्क लिन थालेको हो भने मण्डन देउपुर नगरपालिकाले गत असोज २९ गतेदेखि लिन थालेको हो । भक्तपुर र काभ्रेको सिमानामा रहेको पर्यटकीय स्थल नगरकोट जाने बाह्य देशका पर्यटकसँग चाँगुनारायण नगरपालिका र काभ्रेको नाल्दुम नगरपालिकाले छुट्टाछुट्टै पर्यटन शुल्क लगाएपछि व्यवसायी र स्थानीय आन्दोलित बनेका हुन् ।

आन्दोलनको शुरुको दिन आज दोहोरो पर्यटन शुल्कविरुद्ध कालो झण्डासहितको विभिन्न माग लेखिएका प्लेकार्ड बोकेर उनीहरुले नगरकोट बजारको परिक्रममा गरेका थिए । नगरकोट नाल्दुम पर्यटन विकास समितिका सचिव धनबहादुर लामाले दोहोरो पर्यटन शुल्कले पर्यटकहरुबीच नकारात्मक सन्देश गएको बताउँदै अहिले पर्यटक आउने समयमा समेत विगतका वर्षको तुलनामा ३० प्रतिशत पर्यटक घटेको बताए ।

पर्यटन व्यवसायी तथा नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष नवीन गुरुङले दोहोरो पर्यटन शुल्कको नीतिले सरकारले मनाउने भनेको पर्यटन वर्ष सन् २०२० लाई प्रत्यक्षरुपमा असर पर्ने भनाई राखे ।

होटल मजदुर सङ्गठनका अध्यक्ष रोहित तामाङले दुई स्थानीय सरकारको शुल्क नीतिले हजारौँ मजदुरको रोजीरोटीमा असर परेको बताउँदै दोहोरो पर्यटन शुल्क तत्काल हटाउनुपर्ने बताए । भक्तपुर र काभ्रेको करीब ३०० मिटर फरकको दूरीमा नै दुई ठाउँमा शुल्क तिर्नु परेको भन्दै बेलायतबाट नगरकोट आएका पर्यटक हल्याण्ड ट्राउनले बताए ।

भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरकोट र चाँगुनारायण मन्दिर जाने पर्यटकसँग पर्यटन शुल्क सङ्कलन गर्नेगरी अघिल्लो आर्थिक वर्षमा रु ५१ लाख प्रवेश शुल्क उठाउन ठेक्कामा दिएको थियो भने आर्थिक वर्ष २०७५÷७६ का लागि रु तीन करोडमा (कर बाहेक) ठेक्का दिएको छ ।

अनुमति प्राप्त ठेकेदारले चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६ तेलकोट र वडा नम्बर ८ को कलमसी र चाँगुनारायण मन्दिर अगाडि न्यू दक्षिणकाली निर्माण सेवाले पर्यटकसँग शुल्क उठाउँदै आएको छ । चाँगुनारायणले सार्क राष्ट्रका पर्यटहरुसँग रु २०० र सार्क बाहिरकालाई रु ३०० प्रवेश शुल्क लिँदै आएको छ ।

यता मण्डनदेउपुर नगरपालिकाले २०७५÷७६ का लागि नगरपालिकाअन्तर्गत नगरकोट क्षेत्रभित्रका काभ्रेचोक, भ्यू टावर चोक र कात्तिके क्षेत्रमा आउने विदेशी पर्यटकहरुसँग पर्यटन शुल्क उठाएको छ । मण्डनदेउपुरतर्फ भने मञ्जरी निर्माण सेवाले ठेक्का पाएर शुल्क लिन शुरु गरेको हो । उक्त कम्पनीले सार्क राष्ट्रका पर्यटहरुसँग रु २२६ र सार्क बाहिरका पर्यटकसँग रु ३३९ पर्यटन शुल्क लिँदै आएको छ ।

वि.सं.२०७५ कात्तिक १२ सोमवार ०९:३१ मा प्रकाशित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

राष्ट्रियसभाबाट दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित भएका छन् ।...

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

यातायात खर्च वृद्धिपछि स्वास्थ्य स्वयंसेविका खुसी

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका–८ की शारदादेवि विष्ट २०५५ सालदेखि...

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

ढाका उद्योगमार्फत आत्मनिर्भर बन्दै तमानखोलाका महिला

बागलुङ । जिल्लाको तमान गाउँका जमूना घर्तीलाई ढाकाका कपडा बुन्न...

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

‘बजेट कार्यान्वयन भए मुलुकको अर्थतन्त्रले गति लिनेछ’

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शले आर्थिक वर्ष २०८३/८४ को...

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँबाट पूर्व चल्ने बसको टिकट अनलाइनमार्फत काट्न सकिने

काठमाडौँ । काठमाडौँबाट पूर्व क्षेत्रमा सञ्चालन हुने अधिकांश सार्वजनिक सवारीसाधनमा...

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

विपद् र जङ्गली जनावरबाट प्रभावित नागरिकलाई राहत दिन माग

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले प्राकृतिक विपद्बाट प्रभावित र जङ्गली जनावरको...