back
CTIZAN AD

पत्रकार हत्याका आरोपीविरुद्ध साउदीमा नै सुनुवाई हुने :विदेश मन्त्री

वि.सं.२०७५ कात्तिक १२ सोमवार

654 

shares

१२ कात्तिक, मनामा, बहराइन । पत्रकार जमाल खशोग्गीको हत्यामा सम्लग्न भएको आरोपमा पक्राउ परेका १८ जनामाथि साउदी अरब मा नै छानविन तथा सुनुवाई गरिने साउदी अरबका विदेशमन्त्री अदेल अल जुवैरले बताएको बहराइनको राष्ट्रिय समाचार संस्था बहराइन न्यूज एजेन्सीले जनाएको छ ।

अमेरिकी पत्रिका वासिङ्टन पोष्टका लागि कार्यरत खशोग्गीको टर्कीको इस्तानबुलस्थित महाबाणिज्य दूतावासमा अक्टोबर २ मा हत्या गरिएको थियो ।

हत्यामा सम्लग्न रहेको आरोपमा पक्राउ परेका १८ जनालाई सुपुर्दगी गर्ने सम्बन्धमा विदेश मन्त्री जुबैरले भने,“साउदी नागरिकहरूलाई साउदी अरबले पक्राउ गरेको र उनीहरूमाथि साउदी अरब मा नै अनुसन्धान हुनेछ ।”

टर्कीका अभियोजनकर्ताहरूले पत्रकारको हत्यामा पक्राउ परेका सबै जनालाई टर्कीसमक्ष बुझाउन माग गरिरहेका समयसाउदी अरबका विदेश मन्त्रीको उक्त भनाई आएको हो ।

उनले हत्यामा सम्लग्न सबैजनालाई छुट नदिइने प्रतिवद्धता जाहेर गर्दै भने, हत्यामा सम्लग्न व्यक्तिलाई कानूनी कठघरामा उभाएरै छाड्नेछौँ र यस्ता घटना भविष्यमा नघट्ने वातावरणको नागरिक तथा अन्तर्राष्ट्रिय समुदायलाई प्रत्याभूत गराउनेछौँ ।

साउदी सरकारको आलोचक मानिने खशोग्गी टर्कीस्थित महाबाणिज्य दूताबासमा झडपका क्रममा मृत्य भएको स्वीकारे पनि सरकारले उनको हत्या गरिनुको खास कारण छानविनपछि मात्र थाहा हुने भन्दै बताएको छैन ।

साउदी राजाले हत्या हुनुमा गुप्तचर निकायको पनि कमजोरी रहेको निष्कर्षका साथ केही उच्च पदस्थ अधिकारीलाई पदच्युत गरी संगठनमो पुनः गठन भएको छ ।

वि.सं.२०७५ कात्तिक १२ सोमवार ०९:३८ मा प्रकाशित

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...