back

पत्रकार हत्याका आरोपीविरुद्ध साउदीमा नै सुनुवाई हुने :विदेश मन्त्री

वि.सं.२०७५ कात्तिक १२ सोमवार

354 

shares
GLOBAL IME AD
NTC AD

१२ कात्तिक, मनामा, बहराइन । पत्रकार जमाल खशोग्गीको हत्यामा सम्लग्न भएको आरोपमा पक्राउ परेका १८ जनामाथि साउदी अरब मा नै छानविन तथा सुनुवाई गरिने साउदी अरबका विदेशमन्त्री अदेल अल जुवैरले बताएको बहराइनको राष्ट्रिय समाचार संस्था बहराइन न्यूज एजेन्सीले जनाएको छ ।

अमेरिकी पत्रिका वासिङ्टन पोष्टका लागि कार्यरत खशोग्गीको टर्कीको इस्तानबुलस्थित महाबाणिज्य दूतावासमा अक्टोबर २ मा हत्या गरिएको थियो ।

हत्यामा सम्लग्न रहेको आरोपमा पक्राउ परेका १८ जनालाई सुपुर्दगी गर्ने सम्बन्धमा विदेश मन्त्री जुबैरले भने,“साउदी नागरिकहरूलाई साउदी अरबले पक्राउ गरेको र उनीहरूमाथि साउदी अरब मा नै अनुसन्धान हुनेछ ।”

टर्कीका अभियोजनकर्ताहरूले पत्रकारको हत्यामा पक्राउ परेका सबै जनालाई टर्कीसमक्ष बुझाउन माग गरिरहेका समयसाउदी अरबका विदेश मन्त्रीको उक्त भनाई आएको हो ।

उनले हत्यामा सम्लग्न सबैजनालाई छुट नदिइने प्रतिवद्धता जाहेर गर्दै भने, हत्यामा सम्लग्न व्यक्तिलाई कानूनी कठघरामा उभाएरै छाड्नेछौँ र यस्ता घटना भविष्यमा नघट्ने वातावरणको नागरिक तथा अन्तर्राष्ट्रिय समुदायलाई प्रत्याभूत गराउनेछौँ ।

साउदी सरकारको आलोचक मानिने खशोग्गी टर्कीस्थित महाबाणिज्य दूताबासमा झडपका क्रममा मृत्य भएको स्वीकारे पनि सरकारले उनको हत्या गरिनुको खास कारण छानविनपछि मात्र थाहा हुने भन्दै बताएको छैन ।

साउदी राजाले हत्या हुनुमा गुप्तचर निकायको पनि कमजोरी रहेको निष्कर्षका साथ केही उच्च पदस्थ अधिकारीलाई पदच्युत गरी संगठनमो पुनः गठन भएको छ ।

वि.सं.२०७५ कात्तिक १२ सोमवार ०९:३८ मा प्रकाशित

तालिबान प्रतिनिधिमण्डल जापानको यात्रामा

तालिबान प्रतिनिधिमण्डल जापानको यात्रामा

काबुल । तालिबान सरकारको एक प्रतिनिधिमण्डलले सोमबार पहिलो पटक जापानको...

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

बुटवल । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबिच...

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्स...

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप र चीनको चेतावनीका...

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

सान फ्रान्सिस्को । गुगलले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको...

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

सियोल । दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र...