back

गुजरातमा पनि जिका भाइरसको सङ्क्रमण

वि.सं.२०७५ कात्तिक १२ सोमवार

309 

shares
GLOBAL IME AD
NTC AD

१२ कात्तिक, नयाँ दिल्ली । केही समय पहिले भारतको राजस्तानमा देखिएको जिका भाइरसको सङ्क्रमण पश्चिमी शहर गुजरातमा पनि देखिएको भारतीय अधिकारीले बताएका छन् ।

लामखुट्टेको टोकाइबाट सर्ने जिका भाइरसको सङ्क्रमण यस बर्ष राजस्थानका विभिन्न क्षेत्रमा गरी १५० जनामा पाइएको थियो भने छिमेकी गुजरातमा पनि यसको असर देखिएको गुजरातका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

अहिलेसम्म एक जना महिलामा जिका भाइरसको सङ्क्रमण भेटिएकोे र उनलाई क्षेत्रीय राजधानी अहमदावादस्थित सरकारी अस्पतालमा उपचार सेवा प्रदान गरिएको अस्पताल स्रोतले जनाएको छ । यो यस बर्ष राजस्थानभन्दा बाहिर देखिएको पहिलो सङ्क्रमण हो ।

अहिलेसम्म राज्यभरमा नै एउटा मात्र सङ्क्रमित विरामी भेटिएको हो । सङ्क्रमण फैलिनबाट नियन्त्रण गर्नका लागि सम्भावित सवै पूर्वसावसानीलाई अपनाइएको छ, गुजरातका स्वास्थ्य प्रमुख जयन्ती रवीले आइतबार एएफपीलाई बताए ।

यसैबीच प्रान्तीय स्वास्थ्य विभागले सयौँ चिकित्सक तथा स्वास्थ्यकर्मीसहित सर्वसाधारण सहभागी एक जनचेतना ¥यालीको आयोजना गरेर जिका भाइरसको सङ्क्रमणबारे जनमानसमा चेतना फैलाएको छ । ¥यालीमा २५० जना महिलालाई समेत सहभागी गराइएको थियो ।

राजस्थानको दक्षिणमा रहेको गुजरात राज्यका सार्वजनिक क्षेत्रमा लामखुट्टे नियन्त्रणका विभिन्न उपायहरू अपनाइएको छ ।

स्वास्थ्यकर्मीका अनुसार सेप्टेम्बरदेखि अहिलेसम्म राजस्थानमा १४७ व्यक्ति जिका भाइरसबाट प्रभावित भएपछि राजस्थानको राजधानी जयपुरलगायतका क्षेत्रमा झण्डै चार लाख ४० हजार नागरिकमाथि निगरानी बढाइएको थियो ।

आइडिज आगिप्ति नामक लामखुट्टेको प्रजातीका भारतमा जिका भाइरस तथा डेङ्गुजस्ता रोगको सङ्क्रमणको समस्या हुने गरेको छ ।

यदि गर्भवति महिलामा जिका भाइरस सङ्क्रमण भयो भने यसका कारण उनीहरूबाट जन्मिने शिशुको मस्तिस्कमा समस्या हुनसक्ने तर यो सम्भावना निकै कममा मात्र रहने चिकित्सकहरूले जनाएका छन् ।

जिकाकोे सङक्रमण सन् २०१७ को जुलाईमा भारतको दक्षिणी राज्य तामिल नाडुमासमेत देखिएको थियो । विश्व स्वास्थ्य सङ्गठनले जिका भाइरसप्रतिरोधि खोप सन् २०२० सम्म उपलब्ध नहुने बताएको छ ।

वि.सं.२०७५ कात्तिक १२ सोमवार ०९:४२ मा प्रकाशित

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

बुटवल । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबिच...

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्स...

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप र चीनको चेतावनीका...

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

सान फ्रान्सिस्को । गुगलले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको...

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

सियोल । दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र...

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

सान फ्रान्सिस्को ।   अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी...