back
CTIZAN AD

गुजरातमा पनि जिका भाइरसको सङ्क्रमण

वि.सं.२०७५ कात्तिक १२ सोमवार

720 

shares

१२ कात्तिक, नयाँ दिल्ली । केही समय पहिले भारतको राजस्तानमा देखिएको जिका भाइरसको सङ्क्रमण पश्चिमी शहर गुजरातमा पनि देखिएको भारतीय अधिकारीले बताएका छन् ।

लामखुट्टेको टोकाइबाट सर्ने जिका भाइरसको सङ्क्रमण यस बर्ष राजस्थानका विभिन्न क्षेत्रमा गरी १५० जनामा पाइएको थियो भने छिमेकी गुजरातमा पनि यसको असर देखिएको गुजरातका स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

अहिलेसम्म एक जना महिलामा जिका भाइरसको सङ्क्रमण भेटिएकोे र उनलाई क्षेत्रीय राजधानी अहमदावादस्थित सरकारी अस्पतालमा उपचार सेवा प्रदान गरिएको अस्पताल स्रोतले जनाएको छ । यो यस बर्ष राजस्थानभन्दा बाहिर देखिएको पहिलो सङ्क्रमण हो ।

अहिलेसम्म राज्यभरमा नै एउटा मात्र सङ्क्रमित विरामी भेटिएको हो । सङ्क्रमण फैलिनबाट नियन्त्रण गर्नका लागि सम्भावित सवै पूर्वसावसानीलाई अपनाइएको छ, गुजरातका स्वास्थ्य प्रमुख जयन्ती रवीले आइतबार एएफपीलाई बताए ।

यसैबीच प्रान्तीय स्वास्थ्य विभागले सयौँ चिकित्सक तथा स्वास्थ्यकर्मीसहित सर्वसाधारण सहभागी एक जनचेतना ¥यालीको आयोजना गरेर जिका भाइरसको सङ्क्रमणबारे जनमानसमा चेतना फैलाएको छ । ¥यालीमा २५० जना महिलालाई समेत सहभागी गराइएको थियो ।

राजस्थानको दक्षिणमा रहेको गुजरात राज्यका सार्वजनिक क्षेत्रमा लामखुट्टे नियन्त्रणका विभिन्न उपायहरू अपनाइएको छ ।

स्वास्थ्यकर्मीका अनुसार सेप्टेम्बरदेखि अहिलेसम्म राजस्थानमा १४७ व्यक्ति जिका भाइरसबाट प्रभावित भएपछि राजस्थानको राजधानी जयपुरलगायतका क्षेत्रमा झण्डै चार लाख ४० हजार नागरिकमाथि निगरानी बढाइएको थियो ।

आइडिज आगिप्ति नामक लामखुट्टेको प्रजातीका भारतमा जिका भाइरस तथा डेङ्गुजस्ता रोगको सङ्क्रमणको समस्या हुने गरेको छ ।

यदि गर्भवति महिलामा जिका भाइरस सङ्क्रमण भयो भने यसका कारण उनीहरूबाट जन्मिने शिशुको मस्तिस्कमा समस्या हुनसक्ने तर यो सम्भावना निकै कममा मात्र रहने चिकित्सकहरूले जनाएका छन् ।

जिकाकोे सङक्रमण सन् २०१७ को जुलाईमा भारतको दक्षिणी राज्य तामिल नाडुमासमेत देखिएको थियो । विश्व स्वास्थ्य सङ्गठनले जिका भाइरसप्रतिरोधि खोप सन् २०२० सम्म उपलब्ध नहुने बताएको छ ।

वि.सं.२०७५ कात्तिक १२ सोमवार ०९:४२ मा प्रकाशित

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...