back
CTIZAN AD

श्रीलङ्काको राजनीतिक सङ्कट बढ्दै, झडपमा एकको मृत्यु

वि.सं.२०७५ कात्तिक १२ सोमवार

588 

shares

१२ कात्तिक, कोलोम्बो ।  श्रीलङ्कामा देखिएको राजनीतिक अन्यौलकाबीच भएका प्रदर्शनमा आइतबार एक जनाको मृत्यु भएको छ ।

पेट्रोल मन्त्री अर्जुना रनातुङ्गाको कार्यालयमा राष्ट्रपति पक्षधर समूह पुगी हातपात गर्नखोजेपछि मन्त्रीका गार्डले चलाएको गोली लागि एक जनाको मृत्यु भएको र दुई जना अन्य व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ ।

मिलीमा चलेको गोली लागी घाइते भएका ३४ बर्षीय युवकलाई कोलोम्बो नेशनल अस्पतालमा भर्ना गरी उपचार गर्दैगर्दा मृत्यु भएको अस्पतालकी प्रवक्ता पुष्पा सोयसाले एएफपीलाई बताए ।

राष्ट्रपति मैत्रीपाल सिरिसेनाले रनिल विक्रमासिङ्घेलाई बर्खास्त गरी पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेपछि देखिएको राजनीतिक अन्यौलबीच अन्य कतिपय स्थानमा झडपको स्थिति देखिएको भएपनि कोही हताहत भएको खबर भने छैन ।

वि.सं.२०७५ कात्तिक १२ सोमवार ०९:४४ मा प्रकाशित

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...