back
CTIZAN AD

ह्प्तामा दुई जना अर्बपतिको उत्पादन गर्दै चीन

वि.सं.२०७५ कात्तिक १२ सोमवार

594 

shares

१२ कात्तिक,स्वीट्जरल्याण्ड ।  चीनले सन् २०१७ मा प्रतिहप्ता दुई जना अर्बपतिलाई उत्पादन गर्ने गरेको यूनियन बैङ्क अफ स्वीट्जरल्याड (यूएसबी) ले गरेको एक अध्ययनले जनाएको छ ।

चीनमा अर्बपतिहरूको सङ्ख्यामा सन् २०१६ मा ३१८ रहेकोमा सन् २०१७ भरीमा ३१७ जना पुगेका र उनीहरूको संयुक्त सम्पत्ति एक करोड खर्ब १२ अर्ब रहेको उक्त बैङ्कले गरेको सर्वेक्षण प्रतिवेदनले देखाएको छ ।

यसले चीन विश्वका धनाढ्य व्यवसायी उत्पादन गर्ने मुलुकमध्ये अग्रणी राष्ट्र बन्न सफल भएको उक्त बैङ्कको ठहर छ ।

विश्वभरका दुई हजार १५८ धनाड्य व्यवसायीसँगको सम्पत्ति सन् २०१७ मा १९ प्रतिशतले बढी ८.९ ट्रिलियन पुगेको प्रतिवेदनमा जनाइएको छ । तर रिपोर्टमा यो पनि उल्लेख गरिएको छ कि स्थापित चिनियाँ धनाढ््यहरूलाई नवधनाढ्यहरूले पछि पार्ने गरेका छन् । सन् २०१७ मा १०६ जना नयाँ व्यक्तिले आफूलाई विश्वका धनाढ्य व्यवसायीको सूचीमा दर्ता गरेका थिए भने यस पहिले उक्त सूचीमा रहेका ५१ जना भने धनाढ्य व्यवासायीको सूचीबाट हटेका थिए ।

बितेको एक दशकमा चिनियाँ पूँजीपतिहरूले विश्वका केही ठूला तथा सफल कम्पनीहरूको स्थापना गर्न सफल भएका देखिएको छ, यूबीएस ग्लोबल म्यानेजमेन्टका प्रमुख जोसेफ स्टाडलरले भने ।

“तर यो मात्रै शुरुआत हो । चीनको विशाल जनसङ्ख्या, नयाँ प्रविधिको आविष्कार र उत्पादकत्व वृद्धिका लागि चिनियाँ सरकारले गरेको सहयोगले चिनियाँ धनाढ्य व्यवसायीलाई आफ्नो व्यवसायको सफलताका लागि मात्र नभई यहाँका जनताको जीवनपद्धतिलाई अहिलेकोभन्दा राम्रो अवस्थामा पु¥याउने अभूतपूर्व मौका दिएको छ,” उनले थपे ।

यूबीएस तथा लेखा परीक्षकहरूको संस्था पीडब्लूसीले अमेरिकामा भन्दा एशियामा अहिले नै धेरै धनाढ्यहरू रहेका छन् । वर्तमान् प्रवृति कायम रहेमा उनीहरू धनी अमेरिकी व्यवसायीको तुलनामा आगामी तीन वर्षभित्र थप धनी बन्ने उक्त अध्ययन रिपोर्टमा उल्लेख छ ।

सन् २०१६ मा विश्वका धनी व्यक्तिहरूको सूचीमा १६ जना चिनियाँ रहेकोमा अहिले विश्वका हरेक पाँच धनी व्यवसायीमध्ये एक जना चिनियाँ रहेको बताउने गरिएको छ ।

बैङ्कले भनेको छ ९७ प्रतिशत चिनियाँ आफ्नै परिश्रमले आफूलाई धनी व्यक्तिहरूको सूचीमा पार्न सफल भएका छन् र अधिकाँश प्रविधि तथा फुटकर सामानहरूको बिक्रेता रहेका छन् ।

प्रतिवेदनमा अमेरिकी क्षेत्र अझै पनि धेरै धनाढ्य व्यक्ति भएको क्षेत्र हो तर सम्पत्ति वृद्धि गर्ने उनीहरूको चाल निकै कम रहेको भनिएको छ । पाँच वर्ष पहिले अमेरिकाले विश्वका ८७ जना धनी व्यक्ति उत्पादन गर्न सफल भएकोमा गत वर्ष सो सङ्ख्या ५३ मा झरेको थियो । पश्चिम यूरोपमा सन् २०१७ मा ४१४ मा १७ थप गरी जम्मा ४३१ पुगेको थियो ।

वि.सं.२०७५ कात्तिक १२ सोमवार ०९:४६ मा प्रकाशित

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

युक्रेन आणविक केन्द्रमा भएको घटनापछि अन्तर्राष्ट्रिय चिन्ता बढ्यो

भियना । अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका महानिर्देशक राफाएल ग्रोसीले युक्रेनको...

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

आर्थिक संकटबीच श्रीलंकाले इन्धनको मूल्य बढायो

कोलम्बो । श्रीलंकाले आइतबार पेट्रोल र डिजेलको मूल्य करिब छ...

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको  गम्भीर आरोप लगाउँदै अमेरिका र इरान 

तेहरान ।  मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त...

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

बेलायतमा युवा बेरोजगारी बढेपछि ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम 

लण्डन ।   बेलायतमा रोजगारी, शिक्षा र तालिमबाट बाहिर रहेका युवाहरूको...

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

युक्रेनी संसदद्वारा ९० अर्ब युरो ऋण लिने सम्झौता अनुमोदन

किएभ । युक्रेनको संसदले बिहीबार युक्रेन र युरोपेली सङ्घबीचको ऋण...