back

चन्द्रागिरिमा विश्वकप क्रिकेट ट्रफी प्रदर्शन

वि.सं.२०७५ कात्तिक १२ सोमवार

414 

shares
GLOBAL IME AD
NTC AD


१२ कात्तिक,काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले चारदिने भ्रमणका लागि नेपाल ल्याइपु¥याएको ट्रफी आइतबार चन्द्रागिरिमा प्रदर्शन गरिएको छ । विश्वका ५ महादेश, २१ देश र ६० स्थानमा प्रदर्शन गरिने उक्त ट्रफी नेपालको नयाँ एकीकृत पर्यटकीय गन्तब्य चन्द्रागिरिमा प्रदर्शनका लागि लागिएको हो । ट्रफी बंगलादेशबाट दुबई हुँदै नेपाल ल्याइपु¥याएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को संयोजक भावना घिमिरेले बताइन् । यसअघि ट्रफी पश्चिम नेपालको पोखरामा प्रदर्शन गरि काठमाडौं फर्काइएको संयोजक घिमिरेले बताइन् ।

ट्रफी प्रदर्शनमा आएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् लगायको टोलीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महाप्रवन्धक अभिषेक विक्रम शाहले चन्द्रागिरि परिसरमा स्वागत गरेका थिए ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा चन्द्रागिरि हिल्स लिमिटेडले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

वि.सं.२०७५ कात्तिक १२ सोमवार १०:०१ मा प्रकाशित

वन र निकुञ्ज क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चनाखो बन्न आग्रह

वन र निकुञ्ज क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चनाखो बन्न आग्रह

चितवन । गर्मी समय सुरू भएसँगै निकुञ्ज र वन क्षेत्रमा...

हत्या गरी फरार अभियुक्तलाई पक्राउ गर्न माग

हत्या गरी फरार अभियुक्तलाई पक्राउ गर्न माग

बारा । दुई साताअघि यहाँको कलैया उपमहानरपालिका–१ बैंक रोडस्थित नवजन्म...

पर्यटक भित्र्याउन सडक निर्माण

पर्यटक भित्र्याउन सडक निर्माण

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल मुना मालिका...

कर्णाली नदीको बगरमा प्याजखेती गर्दै किसान

कर्णाली नदीको बगरमा प्याजखेती गर्दै किसान

टीकापुर । कैलालीको टीकापुर–८ अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती...

किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ...

नुब्री भ्यालीमा हिमपात

नुब्री भ्यालीमा हिमपात

गोरखा । उत्तरी गोरखामा पुनः भारी हिमपात भएको छ ।...