१३ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीलाई सास फेर्न असजिलो भएपछि सोमबार मनमोहन कार्डियो थेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ । त्रिवि शिक्षण अस्पताल हातामा रहेको सेन्टरमा मोबई केयर युनिट एमसीयुमा भर्ना भएका प्रधानमन्त्रीको स्वास्थ्य स्थिती स्थिर रहेको चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्री गत बिहिबारसम्म स्वस्थ थिए ।
शुक्रबारदेखि उनको स्वास्थ्यमा गडबड सुरु भएको भयो । उनले शुक्रबार भारतीय कम्युनिष्ट पार्टीका माक्सर्ववादीका नेता सीताराम यचुरीसँग लामो कुराकानी गरेका थिए । शनिबार आफ्नै पार्टी नेकपाले गरेको चियापानमा उनी सहभागी भएनन् । पछिल्लो समय प्रधानमन्त्रीको धपेडी निकै व्यवस्त थियो । मिर्गौला प्रत्यारोपण गराएमन प्रधानमन्त्री तीन ओली तीन वर्ष अघि फंगल ईन्फेक्सनका कारण थलिएका थिए । थाईल्यान्डमा लामो समय उपचार गराएपछि उनको स्वास्थ्यमा सुधार आएको थियो । त्यतिबेला उनलाई चिकित्सकले भिडभाडमा नबस्न सुझाएका थिए । कान्तिपुर दैनिकमा समाचार छ ।
वि.सं.२०७५ कात्तिक १३ मंगलवार ०८:१६ मा प्रकाशित