back
CTIZAN AD

मुग्लिन–नारायणघाट सडकखण्डका पाँचवटा पुल जोखिममा

वि.सं.२०७५ कात्तिक १३ मंगलवार

687 

shares

११ कात्तिक, काठमाडौँ । मुग्लिन–नारायणघाट सडकखण्डका पाँचवटा पुल जोखिममा छन्। सडक विभागको पुल महाशाखा प्रमुख अर्जुनजंघ थापाले क्षमता विस्तार गर्नुपर्ने १४ वटा पुलमध्ये पाँचवटा जोखिममा रहेको जानकारी दिए । मुग्लिनबाट नारायणघाटतर्फका पाँच पुल बनाइएका स्थान साँघुरो र जीर्ण पनि हुँदै गएकाले जोखिम बढेको छ । महाशाखाको टोलीले सोमबार यो सडकखण्डका पुल अनुगमन गरेको छ। टोलीले तत्कालै पुनर्निर्माण गर्नुपर्ने र नयाँ निर्माण प्रक्रिया थाल्नुपर्ने १४ वटा पुलमध्ये पाँचवटालाई जोखिमको सूचीमा राखेको हो ।
३६ किलोमिटर लामो यो सडकखण्डका १८ वटा पुलमध्ये चारवटा ठेक्का लागेर निर्माणको चरणमा छन्। बाँकी १४ वटा मर्मत गरेर फराकिलो र नयाँ बनाउनुपर्ने अवस्था छ । यो सडक स्तरोन्नति पूरा भएर सञ्चालनमा आइसकेको छ । तर, पुलकै कारण सवारी आवागमनमा समस्या हुने देखिएको छ। अहिले सडक राम्रो भएको र सवारीको चाप नपर्ने हुँदा समस्या छैन। तर, पाँचवटालाई भने कसरी निर्माण गर्ने र विकल्प के हुन सक्छ भनेर अनुमगन गरिएको थापाले बताए । अन्नपुर्ण पोष्टमा समाचार छ ।

वि.सं.२०७५ कात्तिक १३ मंगलवार ०८:३४ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...