back

मुग्लिन–नारायणघाट सडकखण्डका पाँचवटा पुल जोखिममा

वि.सं.२०७५ कात्तिक १३ मंगलवार

303 

shares
GLOBAL IME AD
NTC AD

११ कात्तिक, काठमाडौँ । मुग्लिन–नारायणघाट सडकखण्डका पाँचवटा पुल जोखिममा छन्। सडक विभागको पुल महाशाखा प्रमुख अर्जुनजंघ थापाले क्षमता विस्तार गर्नुपर्ने १४ वटा पुलमध्ये पाँचवटा जोखिममा रहेको जानकारी दिए । मुग्लिनबाट नारायणघाटतर्फका पाँच पुल बनाइएका स्थान साँघुरो र जीर्ण पनि हुँदै गएकाले जोखिम बढेको छ । महाशाखाको टोलीले सोमबार यो सडकखण्डका पुल अनुगमन गरेको छ। टोलीले तत्कालै पुनर्निर्माण गर्नुपर्ने र नयाँ निर्माण प्रक्रिया थाल्नुपर्ने १४ वटा पुलमध्ये पाँचवटालाई जोखिमको सूचीमा राखेको हो ।
३६ किलोमिटर लामो यो सडकखण्डका १८ वटा पुलमध्ये चारवटा ठेक्का लागेर निर्माणको चरणमा छन्। बाँकी १४ वटा मर्मत गरेर फराकिलो र नयाँ बनाउनुपर्ने अवस्था छ । यो सडक स्तरोन्नति पूरा भएर सञ्चालनमा आइसकेको छ । तर, पुलकै कारण सवारी आवागमनमा समस्या हुने देखिएको छ। अहिले सडक राम्रो भएको र सवारीको चाप नपर्ने हुँदा समस्या छैन। तर, पाँचवटालाई भने कसरी निर्माण गर्ने र विकल्प के हुन सक्छ भनेर अनुमगन गरिएको थापाले बताए । अन्नपुर्ण पोष्टमा समाचार छ ।

वि.सं.२०७५ कात्तिक १३ मंगलवार ०८:३४ मा प्रकाशित

‘राजस्व सङ्कलनमा चाप छ, लक्ष्य भेट्ने गरी काम गरौँ’

‘राजस्व सङ्कलनमा चाप छ, लक्ष्य भेट्ने गरी काम गरौँ’

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारी राजस्व सङ्कलनमा...

वीरगञ्ज नाकाबाट ६ महिनामा निर्यात बढ्यो

वीरगञ्ज नाकाबाट ६ महिनामा निर्यात बढ्यो

पर्सा । वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको छ महिनामा...

झाडी फाडेर डेढ करोड लगानीमा कागतीखेती

झाडी फाडेर डेढ करोड लगानीमा कागतीखेती

बागलुङ (ढोरपाटन) । बसाइँसराइका कारण रित्तिँदै गएको गाउँमा बागलुङ नगरपालिका–१४...

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

महाराष्ट्र रेल दुर्घटनामा निधन हुनेको नेपालीको पहिचान खुल्यो

काठमाडौँ । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...