१३ कात्तिक, काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का ओगटेर काम नगर्ने र निर्माण कार्यमा लापरबाही गर्ने १५ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ तर त्यसमा सडक, पुललगायत दर्जनौं ठेक्का लिएर अलपत्र पार्ने विवादास्पद ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सन भने परेको छैन ।
विभिन्न निकायले गत असार मसान्तसम्म गरेको सिफारिसका आधारमा सार्वजनिक खरिद ऐनबमोजिम ती कम्पनीलाई एकदेखि तीन वर्षका लागि कालोसूचीमा राखिएको विभागले जनाएको छ ।
पप्पु ठेक्का लिने, पैसा हात परेपछि काम नगर्ने र नयाँ–नयाँ ठेक्का पाइरहने कम्पनी हो । आर्थिक चलखेलका भरमा राजनीतिक तथा प्रशासनिक संरक्षण पाइरहेको पप्पु कन्स्ट्रक्सन सडक, सिँचाइ, सहरी विकास विभागसहित कुनै पनि विकासे कार्यालयले सिफारिस नगरेका कारण कालोसूचीमा नपरेको कार्यालयले जनाएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
वि.सं.२०७५ कात्तिक १३ मंगलवार ०८:४८ मा प्रकाशित