back
CTIZAN AD

काङ्ग्रेस मुख्यसचिव पौडेलविरुद्ध पुनरावेदन दर्ता

वि.सं.२०७५ कात्तिक १३ मंगलवार

639 

shares

१३ कात्तिक, काठमाडौँ । आफूले मागेको सूचना उपलब्ध नगराएको भन्दै पथरी शनिश्चरे नगरपालिका–२ मोरङका विमलकुमार सङ्ग्रौलाले नेपाली काङ्ग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलविरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दर्ता गराएका छन् ।

सङ्ग्रौलाले सोमबार राष्ट्रिय सूचना आयोगमा दर्ता गराएको पुनरावेदनमा मागबमोजिमको सूचना उपलब्ध नगराउने काङ्ग्रेस केन्द्रीय कार्यालय, सानेपा ललितपुरका कार्यालय प्रमुख मुख्यसचिव पौडेललाई नेपालको संविधान, २०७२ को धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १९ बमोजिम उपयुक्त आदेश गराइपाऊँ भन्दै पुनरावेदन दर्ता गरेको आयोगले जनाएको छ ।

पुनरावेदनमा सङ्ग्रौलाले मुख्यसचिव पौडेलसमक्ष विसं २०७५ असोज १७ गते सूचना पाऊँ भनी निवेदन दर्ता गराई पटक–पटक सूचना माग गर्न जाँदा बेवास्ता गरी सूचना नदिएको र सूचना नदिनुपर्ने लिखित कारण पनि नदिएकाले नेपालको संविधान, २०७२ को धारा २७ तथा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १९ बमोजिम पुनरावेदन पेश गरेको बताए ।

सूचनाको हकसम्बन्धी ऐनअनुसार कुनै कार्यालय प्रमुखले सूचना उपलब्ध नगराएमा, सूचना दिन नमिल्ने स्पष्ट कारण पनि नदिएमा त्यस्ता कार्यालय प्रमुखविरुद्ध आयोगमा पुनरावेदन गर्न सक्ने व्यवस्था छ ।

पुनरावेदनको कारवाही र किनारा गर्दा आयोगले सम्बन्धित कार्यालय प्रमुख वा सूचना अधिकारीलाई आयोगमा उपस्थित गराई बयान गराउन, कुनै लिखत पेश गर्न लगाउनसक्ने प्रावधान छ ।

सङ्ग्रौलाले नेपाली काङ्ग्रेसले विसं २०७४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशभा निर्वाचनको सन्दर्भमा गठन गरेको संसदीय समितिको गठन मिति, सङ्ख्या र गठन गर्दा लिएको आधारको प्रमाणी प्रतिलिपि, काङ्ग्रेस संसदीय समितिको बैठक हालसम्म कुन–कुन मितिमा कति पटक बसेको थियो र के–के निर्णय भएको थियो सो माइन्युटको प्रमाणित प्रतिलिपि काङ्ग्रेस संसदीय समितिले उम्मेदवार छनोट गर्दा लिएका आधार, अपनाइका प्रक्रियासहितको उम्मेदवारको नामावली माग गरेका थिए ।

सङ्ग्रौलालले भने, “पार्टीको शुद्धीकरण र सुदृढीकरणका लागि पार्टीका सबै निर्णय पारदर्शी हुनुपर्ने भन्दै आफूले मुख्यसचिव पौडेलसमक्ष सूचना माग गरे पनि उहाँले सूचना उपलब्ध गराउनुभएन, त्यसैले मैले पुनरावेदन गरेको हुँ ।”

वि.सं.२०७५ कात्तिक १३ मंगलवार ११:०६ मा प्रकाशित

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई...

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...