back
CTIZAN AD

चितवनमा रगत अभाव

वि.सं.२०७५ कात्तिक १३ मंगलवार

702 

shares

१३ कात्तिक, चितवन । चाडपर्व शुरु भएसँगै जिल्लामा रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्त सञ्चार केन्द्र भरतपुरका अनुसार दशैँको फूलपातीयता एक पटक मात्र रक्तदान कार्यक्रम भएको छ ।

केन्द्रका प्रमुख रमेशकान्त पौडेलले दशैँअघि सङ्कलन भएको रगत र दाताहरूले केन्द्रमा आएर दिएको रगतले अत्यावश्यक घाइते एवं बिरामीलाई धानिरहेको बताए । रगत सहज रूपमा नपाएपछि बिरामी र घाइतेका आफन्त स्वयंले रगत सङ्कलन गरिरहेका छन् । चाडपर्व, स्कूल कलेज बन्द, मौसमी रुघाखोकीलगायतका कारण रक्तदान नहुँदा रगतको अभाव भएको हो । पुनः तिहार, छठ र धान काट्ने समय हुने भएकाले रगतको अभाव कायमै रहने बुझिएको छ ।

जिल्लामा दैनिक करीब १५० युनिट रगतको माग भए पनि सो माग पूर्ति गर्न नसकेको उनको भनाइ छ । जिल्लामा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बढी रगतको आवश्यक पर्ने हुन्छ भने यहाँका ठूला दुई मेडिकल कलेज, सरकारी भरतपुर अस्पताल र निजी अस्पतालमा पनि पछिल्लो समय हुने गरेका शल्यक्रियाका कारण रगतको माग बढ्दो छ ।

राजमार्ग र भित्री सडकमा हुने दुर्घटनाका कारण पनि रगतको माग बढी हुने गर्दछ । केन्द्रले चितवनसहित यस क्षेत्रका १४ जिल्लामा पुगेर रगत सङ्कलन गर्दै आएको छ ।

वि.सं.२०७५ कात्तिक १३ मंगलवार ११:१४ मा प्रकाशित

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन निर्देशन

काठमाडौँ । खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने रु २३...

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...