back
CTIZAN AD

पोखरामा मात्रै प्राधिकरणको दुई करोड महसुल उठ्न बाँकी

वि.सं.२०७५ कात्तिक १३ मंगलवार

669 

shares

१३ कात्तिक, पोखरा । नेपाल विद्युत् प्राधिकरणको पोखरा वितरण केन्द्रमा आर्थिक वर्ष २०७४÷७५ मा सडक बत्ती वापतको विद्युत् महसुल रकम रु एक करोड ८६ लाख ३३ हजार ७८० उठ्न बाँकी देखिएको छ ।

सडक बत्तीको महसुल पोखरा महानगरपालिकाबाट प्राप्त गर्नुपर्ने भए पनि हालसम्म प्राप्त भइनसकेको पोखरा वितरण केन्द्रका प्रमुख सुरेन्द्रकुमार शाहले जानकारी दिए ।

उनका अनुसार केन्द्रबाट उक्त आर्थिक वर्षमा सडक बत्तीबाहेक ९९।२४ प्रतिशत महसुल उठाइसकिएको छ । केन्द्रले सो अवधिमा विद्युत् बिक्रीबाट रु एक अर्ब ५० करोड ६४ लाख सात हजार ८९६ सङ्कलन गरेको केन्द्रका लेखा अधिकृत जयराम आचार्यले जानकारी दिए ।

आर्थिक वर्ष २०७५÷७६ शुरु भएयता केन्द्रमा विद्युत् महसुलवापत असोजसम्म रु ४३ करोड ३६ लाख पाँच हजार ९३५ सङ्कलन भएको बताउँदै उनले यो रकम कूल उठ्न बाँकीमध्ये ९७.७१ प्रतिशत भएको जानकारी दिए ।

केन्द्रले आफ्नो सेवा क्षेत्रभित्र विद्युत् वितरणलाई प्रभावकारी बनाउन निरन्तर क्रियाशील बनेको बताउँदै केन्द्र प्रमुख शाहले यस बीचमा कम क्षमता भएका तार फेर्ने, फिडर थप गर्नेजस्ता कामलाई अघि बढाइएको जानकारी दिए ।

वि.सं.२०७५ कात्तिक १३ मंगलवार ११:२१ मा प्रकाशित

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

पढाईका साथै चोयाको सामग्री बनाउने सीप सिक्दै विद्यार्थी

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई...

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

भैँसी खेतमा पसेको निहुँमा महिलामाथि कुटपिट गरेपछि…

सिरहा । सिरहामा एक दलित महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले...

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

बुटवल–पाल्पा सुरुङमार्ग निर्माण कार्य तिब्र, असोजदेखि यातायात सञ्चालन गर्ने तयारी

सिद्धार्थनगर (भैरहवा) । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा निर्माणाधीन सुरुङमार्ग आगामी...

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा, सडक आश्रित १२० जनाको उद्धार

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरबाट दुई जना सडकआश्रित व्यक्तिको उद्धार गरिएको...

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा । पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले रु...

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

हेटौँडा सिमेन्ट उद्योग बन्द हुनु दुःखद् हो, यसलाई सरकारले चलाउँछ स् मन्त्री यादव

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि...