back
CTIZAN AD

डाबर कम्पनीको शाखा खोल्ने भन्दै ठगी गरेर फरार

वि.सं.२०७३ कात्तिक ६ शनिवार

843 

shares

६ कात्तिक, कावासोती । कावासोतीमा डाबर कम्पनीको शाखा खोल्ने भन्दै एक व्यक्ति रकम ठगेर फरार भएका छन् ।

चितवन, गीतानगर घर बताउने मोहन कोइरालाले आफू डाबर कम्पनीको देशीय प्रबन्धक भएको भन्दै विभिन्न व्यक्तिसँग पैसा उठाएर फरार भएको पीडितले गुनासो गरेका छन् ।

कावासोती, नवलपुर पम्प अगाडिको एक भवनमा जडिबुटी सङ्कलनका लागि उनले घर भाडामा लिएका थिए । कम्पनीका लागि चौकीदारसमेत नियुक्त गरेका उनी बुधबार एकाएक हराएपछि आफूहरु ठगिएको भन्दै पीडितले प्रहरीलाई जानकारी गराएका थिए ।

जागिर लगाइदिने र सापटी भन्दै उनले १५ जनासँग रु १० हजारदेखि रु दुई लाखसम्मको रकम उठाइसकेका थिए । उनले होटलमा खाना खाएको, मोबाइल र फर्निचरलगायत विभिन्न सामान किनेको रकमको भुक्तानी बाँकी रहेको बताइएको छ ।

सञ्चारमाध्यमलाई विज्ञापन दिने भन्दै एभरेस्ट बैंकको चेकसहित सम्झौतासमेत गरेका उनी फरार भएका हुन् । पीडितले सम्झौतापत्रसहित मौखिक जानकारी प्रहरीलाई गराएकाले अनुसन्धान भइरहेको इप्रका नवलपुरका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । रासस

वि.सं.२०७३ कात्तिक ६ शनिवार ११:१३ मा प्रकाशित

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...