Logo
१६ जेष्ठ २०८०, मंगलवार
     Tue May 30 2023
E-paper
  English Edition
   Unicode
Logo

डाबर कम्पनीको शाखा खोल्ने भन्दै ठगी गरेर फरार



६ कात्तिक, कावासोती । कावासोतीमा डाबर कम्पनीको शाखा खोल्ने भन्दै एक व्यक्ति रकम ठगेर फरार भएका छन् ।

चितवन, गीतानगर घर बताउने मोहन कोइरालाले आफू डाबर कम्पनीको देशीय प्रबन्धक भएको भन्दै विभिन्न व्यक्तिसँग पैसा उठाएर फरार भएको पीडितले गुनासो गरेका छन् ।

कावासोती, नवलपुर पम्प अगाडिको एक भवनमा जडिबुटी सङ्कलनका लागि उनले घर भाडामा लिएका थिए । कम्पनीका लागि चौकीदारसमेत नियुक्त गरेका उनी बुधबार एकाएक हराएपछि आफूहरु ठगिएको भन्दै पीडितले प्रहरीलाई जानकारी गराएका थिए ।

जागिर लगाइदिने र सापटी भन्दै उनले १५ जनासँग रु १० हजारदेखि रु दुई लाखसम्मको रकम उठाइसकेका थिए । उनले होटलमा खाना खाएको, मोबाइल र फर्निचरलगायत विभिन्न सामान किनेको रकमको भुक्तानी बाँकी रहेको बताइएको छ ।

सञ्चारमाध्यमलाई विज्ञापन दिने भन्दै एभरेस्ट बैंकको चेकसहित सम्झौतासमेत गरेका उनी फरार भएका हुन् । पीडितले सम्झौतापत्रसहित मौखिक जानकारी प्रहरीलाई गराएकाले अनुसन्धान भइरहेको इप्रका नवलपुरका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । रासस


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको

काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ । सोमबार आगामी

निरा गौतम, रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा