
नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले नर्भिक अन्तराष्ट्रिय अस्पताल तथा चिकित्सा कलेजमा विशेष छुट र सुविधा पाउने गरि नबिल बैंक र नर्भिक अन्तराष्ट्रिय अस्पताल बिच सम्झौता भएकोे छ । उक्त सम्झौता बमोजिम नर्भिक अन्तराष्ट्रिय अस्पतालले नबिल बैंकका डेबिट, प्रिपेड तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई निम्न बमोजिमका विशेष छुट र सुविधाहरु प्रदान गर्ने बताइएको छ ।
नर्भिक वार्षिक स्वास्थ्य प्याकेजहरुमा ३०% को विशेष छुट
Pathology, Radiology CT/MRI Scan, Mammogram, Cardiac Non-Invasive examinations, Surgical Charges लगायत शल्यक्रिया शुल्कहरुमा १०∞ को विशेष छुट
अस्पताल भर्ना हुंदा लाग्ने Bed Charges मा ५∞%को विशेष छुट
माथि उल्लिखित छुटहरुका साथै नर्भिक अन्तराष्ट्रिय अस्पतालले नबिल बैंकका कार्ड प्रयोगकर्ताहरुलाई छिटो चिकित्शा सेवाहरु प्रदान गर्न तत्पर रहनेछ । साथै आपतकालिन अवस्था परेको समयमा अस्पतालले बैंकलाई सूचीबद्ध शुल्कमा एम्बुलेन्स सेवा पनि उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
“ग्राहकहरुलाई अधिक सेवा प्रदान गर्ने हाम्रो प्रयासको निरन्तरता स्वरुप नर्भिक इन्टरनेशनल अस्पताल संगको यस सम्झौताले हाम्रा कार्ड प्रयोगकर्ताहरुलाई व्यापक स्वास्थ्य सेवाको लाभ पुग्ने हामीलाई विश्वास छ । ” नबिल बैंक लिमिटेडका प्रमुख खुद्राबैकिङ निरज शर्माले भने ।
“नेपाली नागरिकहरुलाई अधिक सेवा पु¥याउने हाम्रो प्रतिबद्धता अनुरुप नबिल बैंकसंग सहकार्य गर्न पाउ“दा हामीलाई धेरै खुशि लागेको छ र यो सम्झौताले सेवामा हामि थप एक कदम अगाडी बढेको विश्वास गर्दछौं ।” नर्भिक अन्तराष्ट्रिय अस्पतालका कार्यकारी निर्देशक श्री राजेन्द बहादुर सिहंले भने ।
थापाथली स्थित नर्भिक अन्तराष्ट्रिय अस्पताल एक सुविधा सम्पन्न १५० बेड सहितको स्वास्थ्य संस्था हो । अस्पतालमा ३५ विशेसज्ञ विभाग र एक वेलनेश सेन्टर रहेकोछ । बहु–विशेÈता भएको सो अस्पताल बिरामीहरुको निरन्तर सेवामा उन्मुख रहंदै आधुनिक उपचार प्रकृया अपनांउदै आएको छ ।
बैंकले ७४ वटा शाखाहरुको सञ्जाल, ११८ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरु संगै अघि बढ्ने विश्वास लिएको छ ।
वि.सं.२०७५ कात्तिक १६ शुक्रवार १२:५६ मा प्रकाशित






























