back
CTIZAN AD

एनआरएनएको तेश्रो अफ्रिका बैठक युगान्डाको कम्पालामा हुने

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार

615 

shares

गैरआबासिय नेपाली सङ्घको तेस्रो अफ्रिका बैठक यही डिसेम्बर २९–३० , २०१८ मा पूर्वी अफ्रिकी मुलुक युगान्डाको राजधानी शहर कम्पालामा सम्पन्न हुने भएको छ ।
अफ्रिकाका सत्र मुलुकमा रहेका राष्ट्रिय समन्वय समिती, अन्तराष्ट्रिय समितिका पदाधिकारीहरु र अन्य महादेशका एनआरएन नेतृत्वको पनि सहभागिता रहने बैठकको मुल बिषय ‘बिकासका अनुभवहरु एक आपसमा साटदै’ हुनेछ । जस अनुरुप अफ्रिकी र अफ्रिकामा कार्यरत नेपाली बिज्ञहरुले अफ्रीक बिकास र त्यहा केही राष्ट्रहरुमा भइरहेको द्रुत गतिको आर्थिक बिकासको अनुभवहरु बारे कार्यपत्र पेश गर्नेछन् । त्यसैगरी नेपाली श्रमिकहरुले अफ्रिकामा भोग्नु परिरहेका समस्या, मानव तस्करी र अफ्रिकन पर्यटन उधोगका अनुभव र नेपालमा अफ्रिकन लगानी बारे बैठकमा कार्यपत्रहरु प्रस्तुत र छलफल हुने जानकारी एनआरएनएका अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीले दिएका छन ।
कार्कीले इजिप्ट र दक्षिण अफ्रिकाका महामहिम राजदूतहरुको बैठकमा उपस्थिति रहने र नेपालबाट परराष्ट्र वा श्रममन्त्री मध्य एकलाइ निमन्त्रणा गरिने बारे छलफल चलिरहेको समेत बताएका छन ।
बैठक एनआरएनए राष्ट्रिय समन्वय समिति युगान्डाको आतिथ्तामा आयोजना हुने र बैठकको तयारी शुरु भइसकेको जानकारी संघका युगान्डा अध्यक्ष राजमणि भन्डारीले जनाएका छन ।
बैठकका मुल कार्यक्रम लगायत अफ्रिकन र नेपाली कलाकारहरुले प्रस्तुत गर्ने सास्कृतिक कार्यक्रम र नेपाली भाषा साहित्य माथी गोष्ठी समेत कार्यक्रममा आयोजना गरिनेछ ।

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार १३:५४ मा प्रकाशित

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

एनआरएनए एशिया प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङझाउमा आयोजना हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्गत एशिया–प्रशान्त क्षेत्रको आयोजना...

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...