
१७ कात्तिक, काठमाडौँ । नेपाल लाईब्रेरी फाउण्डेशन नेपालको पाँचौं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन महत्वपूर्ण प्रस्ताब तथा कार्ययोजना सहितको कार्यक्रम पारित गर्दै सम्पन्न भएको छ ।
शुक्रबार सम्पन्न उक्त कार्यक्रमले आगामी कार्यकालका लागि पुनः संस्थाको अध्यक्षमा कपिल देव थापालाई चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा मणिराम फुयाल, महासचिवमा धनकुमार श्रेष्ठ, सचिबमा श्रीराम घिमिरे, कोषाध्यक्ष सरोजा श्रेष्ठ र सदस्यहरूमा रचना श्रेष्ठ, सागरराज सुवेदी र मिरा मैयाँ सिंह राना चयन गरिएका छन् ।
संस्थाको सल्लाहकारमा डा बिन्दा पाण्डे, भोलानाथ शर्मा, डा जुगल भुर्तेल, ईन्दिरा दली र ईन्द्रप्रसाद अधिकारी सर्बसम्मतिबाट चयन भएका छन् ।
नवनिर्वाचित महासचिव श्रेष्ठले फाउण्डेशनको आगामी बस्ने बैठकबाट एक महिला सहित ३ जनाको कार्यसमितिमा मनोनयन र ११ पदाधिकारी सदस्यहरूका बिच बिभागीय जिम्मेबारी बाँडबफाँड गर्ने सहमति भएको जानकारी गराएका छन् । उनले साधारण सभा सम्पन्न गर्न सहयोग पुर्याउने सबैमा धन्यबाद व्यक्त गरेका छन् ।
वि.सं.२०७५ कात्तिक १७ शनिवार १०:४७ मा प्रकाशित